images images
images images
images
images
images

अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

images

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

images

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.

काठमाडौं। इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली अधिकारी र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।

दूतावासले आज सुरक्षा सचेतनासम्बन्धी सूचना जारी गर्दै अनावश्यक यात्रा नगर्न र नियमित सम्पर्कमा रहन त्यहाँ रहेका सबै नेपालीलाई आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, “सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, पूर्ण सावधानी अपनाउनुहोस् र आआफ्ना स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् ।” दूतावासले इजरायलका सम्बन्धित अधिकारीहरूको अनुमति नलिई यात्रा नगर्न, स्थानीय समाचार, आधिकारिक घोषणा र आपत्कालीन सतर्कताको निरन्तर निगरानी गर्न, नेपाली दूतावाससँग नियमित सम्पर्क र सञ्चार कायम राख्न र तोकिएका आश्रयस्थल वा सुरक्षित स्थानको नजिक रहन पनि अनुरोध गरेको छ ।

दूतावासले आवश्यकताअनुसार नियमित रूपमा अद्यावधिक जारी गर्ने सूचनामा उल्लेख छ । आज अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तनावपूर्ण स्थिति बनेपछि दूतावासले नेपालीका लागि सुरक्षा सचेतनासम्बन्धी सूचना जारी गरेको हो ।

images
images

प्रतिक्रिया दिनुहोस्