Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको छ : प्रचण्ड

देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको छ : प्रचण्ड
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको बताएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा आज भिडियो सन्देशमार्फत उनले सडक र सदन दुवैबाट खबरदारी गर्दा पनि ओली सरकार नसुध्रिएका कारण कुशासनको फल स्वरुप देश अराजकताउन्मुख बनेको बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

एकातर्फ जनताको आक्रोश र निराशालाई भड्काएर अराजकता साथै अनिश्चयतर्फ धकेल्ने प्रवृत्ति र अर्कोतर्फ दलाल–विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा भएको उनको भनाइ छ । यी दुवै अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्रै भएको उनको भनाइ छ ।
अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता रहेको बताए ।

यस्तै, प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको, संविधानको रक्षा तथा संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको उल्लेख गरे । आफ्नो पार्टी लोकतन्त्र कमजोर पार्ने वा व्यवस्था उल्ट्याउने प्रयासविरुद्ध सधैं उभिएको उल्लेख गर्दै उनले समावेशिता, महिला नेतृत्व, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेलेको बताए ।

संयोजक प्रचण्डले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा मतदातासँग स्थायित्व, सुशासन र समृद्धिका लागि मतदान गर्न आग्रह गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit