Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मध्यपूर्वका १२ देशमा जाने कामदारलाई श्रम स्वीकृती दिन रोक

मध्यपूर्वका १२ देशमा जाने कामदारलाई श्रम स्वीकृती दिन रोक
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले इजरायललगायत खाडी राष्ट्रमा श्रम स्वीकृती दिन रोक लगाएको छ। मध्यपूर्व तथा खाडी क्षेत्रमा हाल उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै सरकारले ती क्षेत्रका विभिन्न देशहरूमा वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

तत्काललाई सरकारले साउदी अरब, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनन, टर्की र इसरायल गरी १२ देशमा श्रम स्वीकृति रोकेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज सम्बन्धित विभाग तथा मातहतका कार्यालयबाट प्रदान गरिने व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि रोक लगाउने निणर्य गरेको जनाएको छ । मन्त्रालयका अनुसार अवस्था सामान्य भएपछि यसबारे पुनः निर्णय गरिने छ ।

यस्तै, मध्यपूर्व क्षेत्रमा रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन पनि सरकारले आग्रह गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit