काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार किशोर साह ‘कमल’को उम्मेदवारी खारेज भएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी अनुसार निर्वाचन आयोगले साह विरुद्ध परेको उजुरीमाथि अनुसन्धान गरेर उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।
साहविरुद्ध बैंक तथा वित्तिय संस्थाको कालोसूचीमा रहेको भन्दै आयोगमा उजुरी परेको थियो। आयोगले उक्त उजुरीबारे जाँचबुझ गर्दा साहको नाम कालोसूचीमै रहेको पाइएपछि उम्मेदवारी खारेज भएको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम साहको उम्मेदवारी अयोग्य रहेको आयोगका सहायक प्रवक्ता जिसीले जानकारी दिए । उनका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा (५) बमोजिम साहको उम्मेदवारी खारेज भएको हो ।
धनुषा–१ मा अब नेकपा एमालेका रामचन्द्र मण्डल, नेपाली कांग्रेसका राम पलटन साह नेकपाबाट मातृका प्रसाद यादव, जसपाबाट दीपक कार्की र जनमतबाट ब्रहमदेव महतो उम्मेदवार छन्।






कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्