काठमाडाैं । चुनाव आउन अब केही घण्टा मात्रै बाँकी रहँदा शेयर बजारमा भने हरियाली छाएको छ । यो दिन नेप्से परिसूचक ३८.५२ अंकले बढेर दुई हजार ७१२.४९ विन्दुमा आइपुगेको छ। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि केही बढेको छ ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका १ करोड ५१ लाख कित्ता शेयर किनबेचहुँदा ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत कम्पनी,रिडी पावर कम्पनी,एसवाई प्यानेल नेपाल, मन्जुश्री फाइनान्स र न्यादी ग्रुप पावर कम्पनीको शेयर मूल्य २० करोड ९० लाख रुपैयाँदेखि ३४ करोड ६५ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
यो दिन सर्वाधिक बढ्ने कम्पनीमा साल्पा विकास बैंक, पञ्चकन्या माई हाइड्रोपावर, रिलायन्स स्पेनिङ मिल्स, मोलुङ हाइड्रो पावर कम्पनी र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.०९ प्रतिशतसम्मले बढेको छ ।
यो दिन सर्वाधिक घट्ने कम्पनीमा शुभम् पावर, एसबीएलको ऋणपत्र, एनआईसी एशिया ऋणपत्रको शेयर मूल्य १.८७ प्रतिशतदेखि २.५३ प्रतिशतसम्मले घटेको छ।यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये १२ वटा समूहको सूचकमा हरियाली छाउँदा टे«डिङ समूहको सूचक घटेको छ ।






कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्