images images
images images
images
images
images

घर फर्किए निर्वाचन प्रहरी (तस्बिरहरु)

images

एक साता अघि सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिएको छ ।

निर्वाचनको सुरक्षाका लागि देशैभर खटिएका निर्वाचन प्रहरीहरुलाई आज धन्यवाद ज्ञापनसहित नेपाल प्रहरीले प्रमाणपत्र दिएर बिदाइ गरेको हो । उपत्यकाभित्र काठमाडौंमा ३ हजार ८५४, भक्तपुरमा १ हजार ९३ र ललितपुरमा १ हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको थियो । यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।

images


प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा परिचालन भएका निर्वाचन प्रहरीको आज बिदाइ गरिँदै । निर्वाचन सम्पन्न गराउन जिल्लामा ४० दिनको लागि नियुक्त भएका ७६५ जना निर्वाचन प्रहरीको बिदाइ गरिएको छ ।
तस्बिर : कमल खत्री/रासस

तस्बिर : नेपाल न्यूज बैंक, रासस

images
images

प्रतिक्रिया दिनुहोस्