Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

शान्तिसैनिकको सुरक्षा सुनिश्चित गर

शान्तिसैनिकको सुरक्षा सुनिश्चित गर
विज्ञापन
Advertisement

काठमाडौं । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले शान्तिसैनिकको सुरक्षामा जोड दिएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार लेबनानमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित हुनुपर्नेमा नेपालले जोड दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

हालै दक्षिणी लेवनानमा भएको आक्रमण तीन जना शान्ति सैनिक घाइते भएको घटनालाई लिएर राष्ट्रसङ्घका सदस्य मुलुकसँगै नेपालले उनीहरूप्रति दृढ समर्थन जनाउँदै सुरक्षामा जोड दिएको हो ।

राष्ट्रसंघमा नेपालले शान्तिसैनिक कहिल्यै आक्रमणको लक्ष्य हुनु हुँदैन भनेर प्रस्ट गरेको छ। साथै सरकारले संयुक्त राष्ट्रका कर्मचारीहरूविरुद्ध भएका आक्रमणहरूको कडा निन्दा गरेको छ भने घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

नेपालसहित विश्वसमुदायले सम्बद्ध सबै पक्षलाई अधिकतम संयमित हुन, अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न तथा सम्बन्धित सुरक्षा परिषद् प्रस्तावनाहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान पनि गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit