काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन भएको ५० दिन नपुग्दै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको अप्रत्याशित हारले यतिबेला पार्टीभित्र ठूलो कम्पन पैदा गरेको छ।
विशेषगरी कांग्रेस विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा स्वयम् सर्लाही–४ मा पराजित हुनु र पार्टीको सिट संख्या प्रत्यक्षतर्फ १८ मा खुम्चिनुले थापामाथि नैतिक दबाब बढाएको छ । फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनको पराजयलाई जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएका थापालाई पार्टी सुदृढीकरणका लागि उनको नेतृत्व र अभिभावकत्व अपरिहार्य रहेको भन्दै उनीहरुले राजीनामा नदिन आग्रह गरेका हुन् ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, महांकाल गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन लगायतले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै
अभिभावकत्वको खोजी गरेका हुन् ।
स्थानीय तहमा कांग्रेसलाई बलियो बनाउन थापाको आधुनिक र गतिशील सोच आवश्यक रहेको उनीहरूको बुझाइ छ। वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व अपरिहार्य रहेको उल्लेख गर्दै संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संकटको घडीमा गगन कुमार ज्यूको राजीनामा भन्दा कांग्रेसको नेतृत्वका लागि सभापतिको निरन्तरताको खाँचो छ।’
















प्रतिक्रिया दिनुहोस्