images images
images images
images
images
images

नयाँ सरकारले स्थायी नीति ल्याए छोटो समयमै आर्थिक वृद्धिमा फड्को मार्न सकिन्छ : अध्यक्ष ढकाल

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा बन्न लागेको नयाँ सरकारलाई स्थिर र निजी क्षेत्रमैत्री नीति ल्याउन आग्रह गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित ‘फार्मा एक्स्पो’लाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक समीकरणले निजी क्षेत्रको ‘स्थिर सरकार’ को वर्षौँदेखिको चाहना पूरा गर्ने विश्वास व्यक्त गरे। ‘राजनीतिक परिवर्तनको हिसाबले नयाँ सरकार आउँदैछ । एउटा स्थायी सरकार चाहियो जुन सरकारले स्थिर नीति ल्याउन सकोस् भन्ने निजी क्षेत्रले धेरै पहिलैदेखि भन्दै आएको थियो । अहिले करिब करिब दुई तिहाईको सरकार आएको छ’ अध्यक्ष ढकालले भने ।

images

ढकालले झण्डै दुई तिहाई बहुमतको सरकार गठन हुने प्रक्रियामा रहेको सन्दर्भमा सरकारको आयुसँगै नीतिको आयु पनि लामो हुनुपर्नेमा जोड दिएका छन्। स्थिर नीतिले मात्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सक्ने उनको धारणा छ । विशेषगरी उनले रास्वपाले वाचापत्रमा गरेको निजी क्षेत्रमैत्री प्रतिबद्धताहरू स्मरण गराउँदै, ती योजनाहरू केवल कागजमा सीमित नभई इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्ने बताए। त्यसो भए छाटो समयमा निजी क्षेत्रले धेरै काम गर्न सफल हुने उनको भनाइ छ। उनले भने, ‘उहाँहरुले (रास्वपाले) वाचापत्रमा पनि निजी क्षेत्रका धेरै इस्युहरु पूरा गर्ने बाचा गर्नुभएको छ। उहाँहरुले कमिटमेन्ट गर्नुभएका विषयहरु पूरा गर्नुभयो भने छोटो समयमा हमीले धेरै काम गर्न सक्छौं भन्ने विश्वास छ।’

हाल लगानीकर्तामा देखिएको निराशाको मुख्य कारण ‘भूतप्रभावी कानून’ रहेको उनको विश्लेषण छ। पहिले भइसकेका निर्णय वा लगानीमा पछि आएर नयाँ कानून लाद्ने प्रवृत्तिले लगानीको वातावरण बिगारेको भन्दै उनले यसको अन्त्य गर्न माग गरे। ‘नयाँ सरकारले नीति बनाउँदा स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने गरी भूतप्रभावी कानूनहरु नलाग्ने ग्यारेन्टी भयो भने यसले नेपालमा आर्थिक गतिविधिहरु छिटो बढाइ रोजगारी सिर्जर्ना गर्ने तथा धेरै भन्दा धेरै राजस्व उठाउने, पूर्वाधार निर्माण बढाउने आम नेपालीको चाहनालाई छोटो समयमै पूरा गर्न सकिन्छ।’

निजी क्षेत्रले नयाँ सरकारलाई केवल सत्ता परिवर्तनको रूपमा मात्र नभई, आर्थिक सुधारको प्रस्थानविन्दुका रूपमा हेरेको अध्यक्ष ढकालले बताए ।

 

images
images

प्रतिक्रिया दिनुहोस्