काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार (नेप्से) मा उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.०० विन्दुमा पुगेको छ। परिसूचकसँगै कारोबार रकममा पनि बढोत्तरी हुँदा लगानीकर्तामा उत्साह देखिएको छ।
बुधबार १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएकोमा आज रकम बढेर १४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। आज दिनभर कुल ३३५ कम्पनीका ४ करोड कित्ता सेयर किनबेच भएका छन्।
आज चार कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । जसमा साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र होटल फरेस्ट इनको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि (सकारात्मक सर्किट) देखिएको छ। होटल फरेस्ट इन आजैदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । कारोबारको पहिलो दिनमै यसको मूल्यमा सकारात्मक सर्किट लागेको छ।
आज अधिकांश उपसूचकहरू हरियाली देखिएका छन्। बैंकिङ समूह बिहीबार सबैभन्दा बढी २.०२ प्रतिशतले वृद्धि भएको छ। विकास बैंक, फाइनान्स, हाइड्रोपावर र लगानी समूहमा १ प्रतिशतभन्दा बढीको सुधार आएको छ। यद्यपि, होटल तथा पर्यटन, अन्य र निर्जीवन बीमा समूहमा भने सामान्य गिरावट देखिएको छ ।






कर्पोरेट समाचार 


















प्रतिक्रिया दिनुहोस्