काठमाडौं। नेपाली बजारमा छिट्टै सार्वजनिक हुने तयारीमा रहेको इलेक्ट्रिक पिकअप RIDDARA RD6 ECON 2WD ले अन्तर्राष्ट्रिय स्तरमा विशेष सफलता हात पारेको छ।
थाइल्याण्डमा आयोजित प्रतिष्ठित ‘कार अफ द इयर २०२६’ अवार्ड समारोहमा यसले ‘बेस्ट २ डब्लुडी पिकअप ईभी’ को उपाधि जित्न सफल भएको हो।नेपालमा औपचारिक लन्च हुनुपूर्व नै प्राप्त यो उपलब्धिले नेपाली अटोमोबाइल बजारमा उत्साह थपेको छ। दक्षिण–पूर्वी एसियाको प्रतिस्पर्धी अटो बजार मानिने थाइल्याण्डमा पाएको यो सम्मानले रिडाराको प्रविधि र गुणस्तरलाई विश्वव्यापी रूपमा प्रमाणित गरेको कम्पनीको भनाइ छ।
किन उत्कृष्ट ठहरियो ?
रिडारा च्म्ट ले आफ्नो सेग्मेन्टमा रहेका अन्य इलेक्ट्रिक पिकअपहरूलाई पछि पार्दै यो अवार्ड जित्नुका मुख्य कारणहरूमा शक्तिशाली प्रदर्शनलाई मानेको छ । यसमा रहेको आधुनिक इलेक्ट्रिक ड्राइभट्रेन, जसले सहरी सडक र अफ–रोड दुवैमा उत्कृष्ट पावर प्रदान गर्छ। परम्परागत पिकअपको मजबूती र आधुनिक ईभीको सहजताको उत्कृष्ट मिश्रण यसमा रहनु तथा चालक र यात्रु दुवैका लागि प्रिमियम फिचर्स र आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने भएकाले उक्त अवार्ड पाएको उल्लेख छ ।
नेपाली बजारमा नयाँ मानक
नेपालमा दिगो र वातावरणमैत्री यातायातको माग बढिरहेका बेला रिडाराले आफ्नो नयाँ मोडेल भित्र्याउन लागेको हो। यो पिकअप सहरमा सामान ढुवानी गर्ने व्यवसायीदेखि साहसिक यात्रामा रुचि राख्ने व्यक्तिगत प्रयोगकर्तासम्मका लागि उपयोगी हुने विश्वास गरिएको छ। रिडारा थाइल्याण्डका एक प्रतिनिधिले यस उपलब्धिबारे उत्साह व्यक्त गर्दै भने- ‘नेपालमा यो मोडेल सार्वजनिक गर्ने तयारी भइरहेका बेला प्राप्त यो अन्तर्राष्ट्रिय मान्यताले हाम्रो टोलीलाई थप हौसला दिएको छ। हामी विश्वस्तरीय ईभी प्रविधि नेपाली ग्राहकमाझ पुर्याउन निकै उत्साहित छौँ।’
रिडाराको बारेमा
रिडारा एक नवप्रवर्तनमुखी इलेक्ट्रिक सवारी साधन ब्रान्ड हो। यसले ईभी प्रविधि, स्मार्ट डिजाइन र दिगो यातायात समाधानमार्फत विश्वभर पिकअप सेग्मेन्टलाई नयाँ ढङ्गले परिभाषित गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्