Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुर्खेतको किशोरी बलात्कार घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै काठमाडौंमा प्रर्दशन (तस्बिरहरु)

सुर्खेतको किशोरी बलात्कार घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै काठमाडौंमा प्रर्दशन (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया किशोरी इनिसाको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। रिपोर्ट अनुसार उनको मृत्यु बलात्कारका क्रममा संवेदनशील अंगमा लागेको चोट र त्यसबाट भएको अत्यधिक रक्तश्रावका कारण भएको देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

गत शनिबार (फागुन २३ गते) वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा मृतक किशोरी अचेत अवस्थामा फेला परेकी थिइन्। उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल पुऱ्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। अनुसन्धानलाई निष्पक्ष बनाउन बाँकेबाट फरेन्सिक विशेषज्ञ बोलाएर पोस्टमार्टम गरिएको थियो।

घटनाको विरोधमा आज पनि काठमाडौंको माइतीघर मण्डला र सुर्खेतमा प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागी भएकाहरुले ‘….न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे,’ तथा ‘जात व्यवस्था मुर्दावाद’ जस्ता नारा लगाउँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन्। घटनाको गाम्भीर्यतालाई हेर्दै केन्द्रीय अनुसन्धान ब्यूरोको विज्ञ टोली अनुसन्धानका लागि भोलीसम्म सुर्खेत पुग्ने जनाइएको छ। प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक १६ वर्षीय बालकसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

पीडित परिवारले दोषीको पहिचान र कडा कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

तस्बिर : नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit