काठमाडौं । विगत केही समयदेखि बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव र उपभोक्ताको अनावश्यक सञ्चय गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल आयल निगमले आपूर्तिमा वृद्धि गरेको छ।
निगमद्वारा जारी आजको तथ्याङ्क अनुसार काठमाडौं उपत्यका केन्द्रित २४ वटा बोट्लिङ प्लान्टहरूबाट कुल ४५ हजार ८८८ वटा सिलिण्डर बजारमा पठाइएको छ। यो संख्या उपत्यकाको सामान्य दैनिक मागभन्दा करिब १० प्रतिशतले बढी हो।
कुन उद्योगबाट कति आपूर्ति ?
बजारमा मंगलबार सबैभन्दा बढी नेपाल ग्यासले १०,०३० वटा सिलिण्डर पठाएको छ भने श्री ग्यासले ४,४९८ र एभरेष्ट ग्यासले ४,०२६ वटा सिलिण्डर वितरण गरेका छन्। अन्य प्रमुख वितरकहरूमा सगरमाथा, सीता श्री, र हिमालय पेट्रो केमिकल्स रहेका छन्।

पछिल्लो समय पश्चिम एसियामा देखिएको तनावका कारण ग्यास अभाव हुने डरले उपभोक्ताले अनावश्यक सिलिण्डर थुपार्न थालेपछि निगमले ७.१ केजी (आधा सिलिण्डर) वितरण गर्ने नीति अघि सारेको छ। आज बजारमा पठाइएका अधिकांश सिलिण्डरहरू यही‘हाफ सिलिण्डर’ संरचनाका हुन्, जसले गर्दा थोरै ग्यास धेरै उपभोक्तासम्म पुग्न सफल भएको निगमको दाबी छ।
नेपाल आयल निगमले आपूर्ति प्रणालीमा कुनै समस्या नभएको र भारतबाट ग्यासको आयात नियमित रहेकाले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिने व्यापारीहरूमाथि कडा निगरानी राखिएको जनाएको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्