images images images
images images images
images
images
images

नेपालमा रहेका मोरक्कन नागरिकहरूलाई दूतावासको सम्पर्कमा आउन आग्रह

images

काठमाडौं । नेपालस्थित मोरक्को अधिराज्यको वाणिज्य दूतावासले हाल नेपालमा बसोबास गरिरहेका वा भ्रमणमा रहेका आफ्ना नागरिकहरूलाई दूतावासको सम्पर्कमा रहन र आफ्नो विवरण दर्ता गराउन विशेष आग्रह गरेको छ।

नवनियुक्त अवैतनिक महावाणिज्यदूत मेघा चौधरीले एक सूचना जारी गर्दै नेपालमा रहेका मोरक्कन नागरिकहरूको सुरक्षा, सेवा र सुदृढ सञ्चार सुनिश्चित गर्नका लागि गरेकी हुन् । यस पहलले आपतकालीन अवस्थामा नागरिकहरूलाई छिटो र प्रभावकारी रूपमा कन्सुलर सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

images

हालै नेपालका लागि मोरक्को अधिराज्यको मानार्थ महावाणिज्यदूतको पदभार ग्रहण गरेकी चौधरीले दुई देशबीचको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

नेपालमा रहेका सम्पूर्ण मोरक्कन नागरिकहरूले थापाथलिस्थित मोरक्को अधिराज्यको वाणिज्य दूतावासमा सम्पर्क गरी आफ्नो विवरण दर्ता गराउन चौधरीको आग्रह छ । दूतावासले नेपालमा रहेका पर्यटक, व्यवसायी तथा आवासीय भिसामा रहेका सबै मोरक्कन नागरिकहरूलाई यस सूचनालाई गम्भीरताका साथ लिन समेत अनुरोध गरेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्