Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ मा ७ लाखसम्मको सुविधा

‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ मा ७ लाखसम्मको सुविधा
विज्ञापन
Advertisement

काठमाडौं। नेपालका लागि फोर्थिङ प्रिमियम इलेक्ट्रिक गाडीको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा.लि. ले आफ्ना ग्राहकहरूका लागि ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त फेस्ट काठमाडौंको थापाथलीस्थित शोरुममा यही चैत ६ देखि ८ गते सम्म सञ्चालन हुनेछ। दिगो र प्रिमियम मोबिलिटीको भविष्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस सीमित अवधिको फेस्टमा ग्राहकहरूले आफ्नो जुनसुकै पुराना सवारी साधनलाई साटेर अत्याधुनिक फोर्थिङ ईभीमा अपग्रेड गर्न सक्ने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार यस एक्सचेन्ज फेस्टमा सहभागी हुने ग्राहकहरूले कुल ७ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन्। जसअन्र्तगत आकर्षक एक्सचेन्ज बोनसमा पुरानो सवारी साधनको बजारमा प्रतिस्पर्धात्मक मूल्याङ्कनका साथै थप बोनसको सुविधा कम्पनीले उपलब्ध गराउने जनाएको छ ।

साथै, फोर्थिङ फ्राइडेको खरिदमा नगद छुट, १ वर्षको अटो प्लस बीमा सुविधा, १ वर्षको सडक कर दस्तुर कम्पनीले नै व्यहोर्नेछ । स्पेयर टायर र एसी चार्जरमा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । लक्ष्मी ई–मोबिलिटीका अनुसार, यो फेस्ट केवल एउटा बिक्री कार्यक्रम मात्र नभई ग्राहकहरूलाई वातावरणमैत्री र प्रिमियम ड्राइभिङ अनुभवमा जोड्ने प्रयास हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit