Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

समानुपातिक सांसदहरुले बुझे प्रमाणपत्र, आजै राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउँदै आयोग

समानुपातिक सांसदहरुले बुझे प्रमाणपत्र, आजै राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउँदै आयोग
विज्ञापन
Advertisement

काठमाडौं। निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका ११० जना सांसदहरूलाई आज एक विशेष समारोहका बीच प्रमाणपत्र प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आयोगको कान्तिपथस्थित कार्यालयमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नवनिर्वाचित सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरे । यससँगै २०८२ को आमनिर्वाचनको प्रक्रियाले औपचारिक पूर्णता पाएको छ।

यस पटकको निर्वाचनमा ६ वटा राजनीतिक दलले मात्र ३ प्रतिशतको ‘सहोल्ड’ कटाएर राष्ट्रिय दलको मान्यता पाएका छन्। आयोगका अनुसार समानुपातिकतर्फको सिट बाँडफाँटमा सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नौ सिट जितेका छन् । साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले समान चारचार सिट पाएका छन्।

जेनजी आन्दोलन पछिको यो पहिलो निर्वाचन हो, जहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित झन्डै दुई तिहाइ बहुमतको नजिक पुगेर नयाँ सरकार बनाउने तयारीमा छ । समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेलगत्तै निर्वाचन आयोगले आजै अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको समग्र प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ। प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नेछन् ।

संघीय संसद् सचिवालयका अनुसार नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण आगामी चैत १२ गते गर्ने तयारी गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit