images images images
images images images
images
images
images

इटहरीमा अन्तर्राष्ट्रिय चेन होटल ‘रमादा’ सञ्चालनमा

images

काठमाडौं । पूर्वी नेपालको प्रमुख व्यापारिक तथा ट्रान्जिट केन्द्र इटहरीमा अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी सेवा विस्तार गर्दै ‘रमादा बाइ विन्धम इटहरी पशुपति मार्ग’ सञ्चालनमा आएको छ।

नेपालको होटल विकास तथा लगानी क्षेत्रमा सक्रिय कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्राइभेट लिमिटेडले विश्वप्रसिद्ध विन्धम होटल्स एण्ड रिसोर्ट्ससँगको सहकार्यमा यो होटल शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पर्यटन व्यवसायी श्री देश बन्धु बस्नेतको स्वामित्वमा रहेको यस होटलले इटहरीलाई अन्तर्राष्ट्रिय पर्यटन र व्यापारिक नक्सामा थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

images

यस होटलमा ८१ वटा कोठाहरु सहित विभिन्न सेवा सुविधा रहेको सञ्चालकको भनाइ छ । होटलका सञ्चालक देश बन्धु बस्नेतले उद्घाटनका अवसरमा भने, ‘तीव्र गतिमा विकास भइरहेको इटहरीमा गुणस्तरीय होटलको मागलाई सम्बोधन गर्न हामीले विन्धमसँग सहकार्य गरेका हौं। यसले स्वदेशी र विदेशी दुवै पर्यटकलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्नेछ।’

त्यस्तै, विन्धम होटल्स एण्ड रिसोर्ट्सका युरेसिया क्षेत्रका मार्केट म्यानेजिङ डाइरेक्टर राहुल माकारियसले दक्षिण एसियाका उदाउँदा शहरहरूमा विस्तार गर्ने रणनीति अन्तर्गत इटहरीमा यो होटल सञ्चालनमा ल्याइएको बताए। होटलमा सेवाग्राहीले विश्वकै सबैभन्दा ठूलो होटल लोयल्टी कार्यक्रम ‘विन्धम रिवार्ड्स’ मार्फत विशेष सुविधाहरू प्राप्त गर्ने सञ्चालकले जानकारी गराएको छ । यस कार्यक्रममा विश्वभरका १२ करोड २० लाखभन्दा बढी सदस्य आबद्ध रहेको उल्लेख छ ।

विन्धम होटल्स एण्ड रिसोर्ट्स ६ महादेशका करिब १०० देशमा ८,३०० भन्दा बढी होटल सञ्चालन गरिरहेको विश्वकै ठूलो होटल फ्रेन्चाइजिङ कम्पनी हो।

images
images

प्रतिक्रिया दिनुहोस्