Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

फ्लोरा एक्स्पोमा तीन दिनमै ९० लाख माथि आर्थिक कारोबार भएको दाबी

फ्लोरा एक्स्पोमा तीन दिनमै ९० लाख माथि आर्थिक कारोबार भएको दाबी
विज्ञापन
Advertisement

काठमाडौं। राजधानीको भृकुटीणण्डपमा जारी २७औँ फ्लोरा एक्स्पोको तेस्रो दिनमै झन्डै ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजकले दाबी गरेको छ । एक्पोमा पुष्प प्रेमीहरूको आकर्षण निकै बढेको उल्लेख गर्दै मेलाको तेस्रो दिन आज (शनिबार) मात्रै २१ हजार ५ सय जनाले अवलोकन गरेको बताइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सुरु भएको यस मेलाको तेस्रो दिन ३९ लाख ८० हजार रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ। आयोजकका अनुसार, मेलाको पहिलो दिन (बिहीबार) ः ९,५०० अवलोकनकर्ता, २१ लाख ५० हजारको कारोबार, दोस्रो दिन (शुक्रबार) ः १७,५०० जनाले अवलोकन गर्दा २९ लाख ५० हजारको कारोबार र तेस्रो दिन (शनिबार) ः २१,५०० अवलोकनकर्ता ३९ लाख ८० हजारको कारोबार भएको दाबी छ ।

यससँगै मेलाको सुरुवाती तीन दिनमै कूल कारोबार ९० लाख ८० हजार रुपैयाँ नाघेको छ।

एक्स्पोमा कुल ८३ वटा स्टल रहेका छन्, जसमा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, र फुड स्टलहरू समावेश छन्। यसपटकको विशेष आकर्षणका रूपमा बीवाईडी ईभी कारको स्टल र सेल्फी जोन समेत रहेको छ। मेलाका संयोजक रामबहादुर तामाङ (सुनिल) का अनुसार सहभागी व्यवसायीहरूबीच विभिन्न विधामा पुष्प उत्पादनको प्रतिस्पर्धा समेत गराइनेछ।

चैत ८ गतेसम्म चल्ने यस मेलामा कुल ६० हजार दर्शकले अवलोकन गर्ने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको थियो । नेपालमा पुष्प व्यवसायको प्रवर्धन र व्यवसायिक विस्तारका लागि यो मेला कोशेढुङ्गा सावित हुने विश्वास फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंले व्यक्त गरे । नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit