Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

कपिलवस्तुको महाराजगञ्जमा प्रशासनले लगायो अनिश्चितकालीन निषेधाज्ञा

कपिलवस्तुको महाराजगञ्जमा प्रशासनले लगायो अनिश्चितकालीन निषेधाज्ञा
विज्ञापन
Advertisement

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा दुई समुदायबीच उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। आज बिहान मन्दिरमा भजन गाउँदा भएको तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच विवाद सिर्जना भएको थियो।

विज्ञापन
Advertisement
Advertisement

सोही विषयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ ) क बमोजिम चार किल्ला तोकेर निषेधाज्ञा लागू गरेको हो । यस अवधिमा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणतर्फ हर्दौनासम्म कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ।

आउँदै गरेको राम नवमी र आज परेको इद पर्वको अवसरमा मन्दिरमा भजन र मस्जिदमा नमाज चल्दै गर्दा माइकको आवाज चर्को भएको विषयमा विवाद सुरु भएको थियो। विवादले उग्र रूप लिँदा भएको ढुंगा प्रहारबाट ५ जना सामान्य घाइते भएका छन्। हाल स्थिति भने नियन्त्रणमा आइसकेको प्रशासनले जनाएको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit