काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
उनिहरुले ‘जेनजी आन्दोलन खोलामा, प्रतिवेदन बन्द झोलामा’, ‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर, न्यायको ढोका खोल’,‘यो कागज मात्र होइन तिम्रो कुशासनको पोस्टमार्टम हो’, ‘जेनजीहरु नारामा आमा उता रारामा’ तथा आश्वासन होइन हामीलाई प्रतिवेदनको पाना पाना चाहिन्छ’लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले फागुन २४ गते नै सरकारलाई छानबिन प्रतिवेदन बुझाइसकेको छ। भदौ २३ र २४ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सुशासनको माग गर्दै भएको जेनजी आन्दोलनमा ७७ जनाको मृत्यु भएको थियो, जसमा प्रहरीको गोली लागेर ज्यान गुमाउने युवाहरू पनि थिए। सरकारले प्रतिवेदन ग्रहण गरे पनि सार्वजनिक नगर्दा दोषीलाई कारबाही नहुने र घटनालाई सामसुम पार्न खोजिएको भन्दै युवा अभियान्ताहरूले सडकबाट खबरदारी गर्दै आएका छन्।








कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्