Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इरानमाथि दबाब घटाउने ट्रम्पको पछिल्लो रणनीति !

इरानमाथि दबाब घटाउने ट्रम्पको पछिल्लो रणनीति !
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी संयुक्त सैन्य आक्रमणलाई क्रमशः घटाउँदै लैजाने सङ्केत गरेका छन्। गत फेब्रुअरी २८ देखि सुरु भएको भीषण सैन्य कारबाहीले इरानको सैन्य र रणनीतिक संरचनामा अपूरणीय क्षति पुर्‍याएको दाबी गर्दै ट्रम्पले अबको चरणमा सैन्य उपस्थिति कम गरिने बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले भने। ‘ हामी हाम्रो उद्देश्य पूरा गर्न निकै नजिक पुगेका छौँ। मध्यपूर्वमा जारी हाम्रो महान सैन्य प्रयासलाई अब क्रमशः घटाउने विचार गरिरहेका छौँ।’ ट्रम्प प्रशासनले इरानविरुद्धको सैन्य अभियानका मुख्य पाँच लक्ष्यहरूमा इरानको मिसाइल क्षमता पूर्ण रूपमा नष्ट गर्ने, इरानी रक्षा उद्योगलाई ध्वस्त पार्ने, इरानी नौसेना र वायुसेनाको अस्तित्व समाप्त पार्ने, इरानलाई परमाणु हतियार प्राप्त गर्नबाट स्थायी रूपमा रोक्ने तथा
क्षेत्रीय सहयोगी राष्ट्रहरू (विशेष गरी इजरायल र खाडी मुलुक)लाई सुरक्षा प्रत्याभूति गराउने रहेको प्रस्ट पारेको छ ।

ट्रम्पले दाबी गरे अनुसार इरानको नौसेना र वायुसेना अहिले निष्क्रिय अवस्थामा छन् र इरानी नेतृत्व तहका प्रमुख व्यक्तित्वहरू मारिइसकेका छन्। युद्ध अन्त्यको कुरा गरिरहँदा पनि ट्रम्पले इरानसँग कुनै पनि औपचारिक ‘शान्ति सम्झौता’ गर्ने पक्षमा नरहेको बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘तपाईं शान्ति सम्झौतामा जान सक्नुहुन्छ, तर म चाहन्न। जब तपाईं अर्को पक्षलाई पूर्ण रूपमा नष्ट गर्दै हुनुहुन्छ, तब सम्झौताको कुनै अर्थ रहँदैन।’ यसले अमेरिकाले इरानको वर्तमान शासन संयन्त्रलाई पूर्ण रूपमा गलाउने रणनीति लिएको बुझिन्छ।

हर्मुज जलमार्ग र युरोपसँगको तिक्तता
विश्वकै महत्त्वपूर्ण तेल आपूर्ति मार्ग हर्मुज जलमार्गको सुरक्षाका विषयमा ट्रम्पले कडा धारणा राखेका छन् । उनका अनुसार यो मार्ग प्रयोग गर्ने देशहरूले नै यसको सुरक्षा खर्च र जिम्मेवारी उठाउनुपर्छ, जसमा अमेरिकाले केवल प्राविधिक सहयोग मात्र गर्नेछ। यसैबीच, ट्रम्पले नाटोका सहयोगी राष्ट्रहरूलाई ‘कायर’ को संज्ञा दिँदै उनीहरू युद्धबाट पन्छिएको आरोप लगाएका छन् । यसको जवाफमा युरोपेली युनियनकी विदेश नीति प्रमुख काजा कलासले भनिन्, ‘यो युरोपले निम्त्याएको युद्ध होइन, तर युरोपको ऊर्जा र आर्थिक हित यससँग सिधै जोडिएकाले हामी चिन्तित छौँ।’

विश्वव्यापी प्रभाव
फेब्रुअरी २८ को आक्रमणपछि विश्वभर तेलको मूल्यमा उच्च वृद्धि भएको छ। ढुवानी मार्गहरू अवरुद्ध हुँदा विश्व अर्थतन्त्रमा मन्दीको खतरा बढ्दै गएको छ। यद्यपि, अमेरिकाले सैन्य दबाब घटाउने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा केही सुधार आउने अपेक्षा गरिएको छ। तर, ट्रम्पले इरानसँग शान्ति वार्ता गर्न नचाहनुले यो युद्ध तत्काल अन्त्य नहुने विश्लेषकहरु बताउँछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit