Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

करिब ६१ अर्बको कारोबार, वार्षिक २५ करोड ८६ लाख केजी मासु उत्पादन

करिब ६१ अर्बको कारोबार, वार्षिक २५ करोड ८६ लाख केजी मासु उत्पादन
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको कृषि क्षेत्रमा कुखुरापालन (पोल्ट्री) व्यवसायको योगदान बढ्दै गएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२’ अनुसार यस क्षेत्रले वार्षिक ६० अर्ब ९६ करोड रुपैयाँ भन्दा बढीको आर्थिक योगदान पुऱ्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

ब्रोइलर कुखुराको बर्चस्व
तथ्याङ्कअनुसार नेपालमा वार्षिक करिब ११ करोड ७१ लाख ब्रोइलर कुखुरा पाल्ने गरिएको छ, जसमध्ये १० करोडभन्दा बढी कुखुरा बजारमा बिक्री हुन्छन् । यसबाट मात्रै ५७ अर्ब ८६ करोड रुपैयाँको कारोबार हुने गरेको छ । देशभर वार्षिक कुल २५ करोड ८६ लाख केजी मासु उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ ।

बागमती प्रदेश पहिलो स्थानमा
उत्पादन र आम्दानी दुवै हिसाबले बागमती प्रदेश नेपालकै अग्रणी स्थानमा देखिएको छ। बागमतीमा मात्रै वार्षिक ९ करोड ३९ लाख केजी मासु उत्पादन हुन्छ, जसको बजार मूल्य करिब २१ अर्ब ९५ करोड रुपैयाँ छ । कोइलर र गिरिराज जातका कुखुराबाट पनि देशभर १ अर्ब ५६ करोड रुपैयाँको आम्दानी भइरहेको छ ।

मूल्यमा प्रादेशिक असमानता
भौगोलिक अवस्थिति र ढुवानी लागतका कारण कुखुराको मासुको मूल्यमा प्रदेशअनुसार ठूलो भिन्नता पाइएको छ । सबैभन्दा महँगो कर्णाली प्रदेशमा छ । यहाँ औसत एक केजी मासुको मूल्य २७८ रुपैयाँ पर्ने सर्वेक्षणले देखाएको छ । तर, सबैभन्दा सस्तो मधेश प्रदेशमा रहेको छ । यहाँ औसत १९२ रुपैयाँमै प्रति केजी मासु उपभोक्ताले पाउँछन् ।

चुनौती र जोखिम
व्यावसायिक सफलताका बाबजुद यस क्षेत्रमा जोखिम पनि उत्तिकै छ। सर्वेक्षणका अनुसार पालिएका कुल कुखुरामध्ये १०.४ प्रतिशत (करिब १ करोड २२ लाख) कुखुराको मृत्यु हुने गरेको छ । रोगव्याधि र उचित व्यवस्थापनको अभावलाई यसको मुख्य कारण मानिएको छ । सामान्यतया एउटा ब्रोइलर कुखुरालाई ४३.७ दिन पालेर २.६ केजी तौल पुगेपछि बिक्री गर्ने गरिएको छ ।

यो तथ्याङ्कले नेपालको ग्रामीण तथा सहरी क्षेत्रमा स्वरोजगारी र आयआर्जनका लागि कुखुरापालन व्यवसाय एक भरपर्दो आधार बनेको देखाउँछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit