Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

युवाहरुको माइतीघरमा खबरदारी : कार्की आयोगको पूरा प्रतिवेदन खोई? (तस्बिरहरु)

युवाहरुको माइतीघरमा खबरदारी : कार्की आयोगको पूरा प्रतिवेदन खोई? (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार युवाहरुले खबरदारी गरेका छन् । उनीहरूले विभिन्न ठूला घटनाको छानबिन गर्न समिति बन्ने र उक्त समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा प्रश्न उठाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

विगतको लाल, रायमाझी र मल्लिक आयोग जस्तै यो प्रतिवेदन पनि दराजमा सीमित हुने हो कि भन्ने संशय उनीहरूमा देखिन्छ। सहभागीहरुले भ्रष्टाचार अन्त्य र सुशासनका लागि ‘सत्ताको कैँची’ ले सत्यलाई काट्न नहुने सन्देश दिने खालका ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ ?’, ‘कलमले लेखेको सत्यलाई सत्ताको कैँचीले नकाट’ लगायतको नारा लेखिएको पम्प्लेट बोकेर प्रर्दशन गरेका छन् । जेनजी आन्दोलनमा अग्रभागमा देखिएकी रक्षा बमसहित जेनजी मुभमेन्ट अलायन्सका युवाहरूले खबरदारी गरेका हुन् ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit