पोखरा ।ओमोडा एण्ड जेकोको पोखराका लागि आधिकारिक विक्रेता इलिट मोटर्स प्रा. लि. ले बहुप्रतिक्षित जेको J6T लाई पोखरामा जारी वाडा अटो शो २०२६ मार्फत औपचारिक रूपमा सार्वजनिक गरेको छ।
लेकसाइड मैदानमा चैत १२ देखि १६ गतेसम्म सञ्चालन भइरहेको अटो शोमा प्रदर्शनीमा राखिएको नयाँ J6T ले दर्शक तथा एसयूभी पारखीहरूको ध्यान आकर्षित गरेको छ। इच्छुक ग्राहकहरूले सोही स्थलमा गाडीको प्रत्यक्ष अवलोकन तथा अनुभव लिन सक्ने व्यवस्था गरिएको छ।
यसअघि जेको J6 ले पाएको सकारात्मक प्रतिक्रियापछि सार्वजनिक गरिएको नयाँ J6T अझ शक्तिशाली र बलियो डिजाइनसहित बजारमा आएको कम्पनीले जनाएको छ। सीमित अवधिका लागि ग्राहकहरूले यो गाडी रु. ६६ लाख ९९ हजारको विशेष प्रारम्भिक अफरमा खरिद गर्न सक्नेछन्, जबकि यसको अधिकतम खुद्रा मूल्य रु. ६८ लाख ९९ हजार तोकिएको छ।
नयाँ J6T मा पछाडि जडित मोटर राखिएको छ, जसले २२० न्युटन–मिटर टर्क उत्पादन गर्छ। यसमा लिथियम आयरन फस्फेट (एलएफपी) क्याटिएल ब्याट्री प्रयोग गरिएको छ, जसले एक पटकको चार्जमा ४३१ किलोमिटरसम्म चल्ने क्षमता दिन्छ। २२५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स भएको यो गाडी अफ–रोड क्षमताका लागि उपयुक्त मानिएको छ।
आकारका हिसाबले J6T ४,४३३ मिलिमिटर लम्बाइ, १,९१६ मिलिमिटर चौडाइ, १,७४१ मिलिमिटर उचाइ तथा २,७१५ मिलिमिटर ह्वीलबेसमा उपलब्ध छ। साथै, गाडीमा १९–इन्च टायर, १५.६–इन्च केन्द्रीय टचस्क्रिन, ९.२–इन्च उपकरण प्यानल, ५० वाट वायरलेस चार्जर र ८ स्पिकर जस्ता आधुनिक सुविधाहरू समावेश छन्।
अघिल्लो जेको J6 मा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ४०० किलोमिटर ड्राइभिङ रेन्ज उपलब्ध थियो भने नयाँ J6T मा यी विशेषताहरूलाई थप सुधार गरिएको छ। कम्पनीका अनुसार J6T ले बलियो बनावट, आकर्षक शैली र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्दै साहसिक यात्रा तथा कठिन सडक अवस्थाका लागि उपयुक्त विकल्प प्रस्तुत गर्छ।
हाल जेको J6T वाडा अटो शोमा प्रदर्शनीका साथै पोखरास्थित इलिट मोटर्सको शोरुममा परीक्षण ड्राइभ र बुकिङका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्