Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
विज्ञापन
Advertisement

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको आज(शुक्रबार) हुने भनिएको निर्वाचन स्थगित भएको छ। अर्को मिति भने तोकिएको छैन् ।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो । दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ । उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल छन् । दलको नेता सहमतिमा चयन गर्ने प्रक्रिया असफल भएपछि हाललाई स्थगित गरिएको जनाइएको छ ।

मिति स् २०८३/१/११ गते

विषय : निर्वाचन कार्यक्रम आजका लागि स्थगित गरिएको सम्बन्धी सूचना ।

नेपाली कांग्रेस संसदीय दलको नेता चयन २०८३ साल वैशाख ११ गते शुक्रबारका दिन सम्पन्न हुने भनी मिति २०८३/१/७ र संशोधित सूचना २०८३/१/१० गते प्रकाशित भएकोमा नेपाली कांग्रेस संसदीय दलको संशोधित विधान –२०८३ को धारा ५ ९३० मा निर्वाचन समितिले पार्टी संगको परामर्शमा सकेसम्म सर्वसम्मत रुपमा नेता चयन गर्ने प्रयास गर्नेछ भन्ने व्यवस्था भए अनुरुप आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयानुसार संसदीय दलको नेता चयन सर्वसम्मतबाट गर्ने प्रयोजनका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदिप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाईली स्नेही सदस्य मुना भुषाल र सदस्य अधिबक्ता राजु कटुवाल रहने गरी समिति गठन गरिएको जानकारी प्राप्त हुन आएको हुनाले उक्त समितिसंगको समन्वय पश्चात निर्वाचन कार्यक्रम गर्नु पर्ने भएकोले आज हुने भनिएको संसदीय दलको नेता पदको निर्वाचनसंग सम्बन्धित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।

निर्वाचन कार्यतालिका सहितको अर्को सूचना यथाशिघ्र प्रकाशित गरिने ब्यहोरा सम्पूर्ण माननीय सदस्य महानुभावहरुलाई सूचित गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit