images images images
images images images
images
images
images

सुनको मूल्य २९ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ आज कारोबार ?

images

काठमाडौं । स्थानीय बजारमा बुधबार ह्वात्तै बढेको सुनचाँदीको भाउ बिहीबार भने घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

हिजो एक तोला सुनको मोल दुई लाख ८८ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला दुई हजार ९०० रुपैयाँले घटेको हो।

images
images

यस्तै,आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेर कारोबार भैरहेको छ । हिजो प्रतितोला चार हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मोल आज चार हजार ८२० रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ । यो मूल्य बुधबारको तुलनामा प्रतितोला १०० रुपैयाँ कम हो ।आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्