Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, झण्डै तीन अर्बको कारोबार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, झण्डै तीन अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७८ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ८६ विन्दुमा कायम भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

आज तीन सय ३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता शेयर ६२ हजार २५ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ बराबरको कारोबार भएको छ ।

मंगलबार जीवन बीमा शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फन्ड शून्य दशमलव ४४ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

यस्तै, विकास बैङ्क शून्य दशमलव ०४, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन ०५, लघुवित्त शून्य दशमलव २१ र निर्जीवन बिमा समूह शून्य दशमलव १२ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit