images images images
images images images
images
images
images

१२ दिनपछि एमाले अध्यक्ष ओली र नेता लेखक हाजिर जमानीमा रिहा

images

काठमाडौं । प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक थुनामुक्त भएका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले दुवै नेतालाई बिहीबार ‘हाजिर जमानी’ मा रिहा गरेको हो।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख रमेश थापाका अनुसार, सर्वोच्च अदालतको परमादेश र सरकारी वकिलको कार्यालयको निर्णयबमोजिम उनीहरूलाई परिवारको जिम्मा लगाइएको छ। गत चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ परेका दुवै नेता १२ दिनपछि हिरासतमुक्त भएका हुन् ।

images
images

ओलीलाई अस्पतालमै रिहाइ 
स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीलाई पत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ। यद्यपि, अस्पतालले उनको पित्तथैली र पिसाबमा संक्रमण कायमै रहेको भन्दै तत्काल ‘डिस्चार्ज’ गर्न नमिल्ने जनाएको छ। उनी अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने बुझिएको छ ।

अर्का नेता रमेश लेखक भने महाराजगञ्जस्थित सशस्त्र प्रहरीको २ नम्बर गणबाट रिहा भएका हुन् ।

गत भदौ २३ र २४ गते बानेश्वरमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको गोली लागि युवाहरुको मृत्यु भएको घटनामा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले उनीहरूलाई २३ गतेको घटनामा मुख्य दोषी ठहर गर्दै अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको थियो। सोही आधारमा १४ गते बिहानै पक्राउ परेका दुवै नेतालाई प्रहरीले म्याद थप गरी अनुसन्धान गरिरहेको थियो।

सर्वोच्च अदालतले चैत २३ गते बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै चैत २५ पछि म्याद नथप्न र हिरासतबाहिरै राखेर अनुसन्धान गर्न परमादेश जारी गरेपछि आज ओली र लेखक थुनामुक्त भएका हुन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्