Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘दुई दिने बिदा छोटो प्याकेज र आन्तरिक पर्यटकका लागि अवसर हो’

‘दुई दिने बिदा छोटो प्याकेज र आन्तरिक पर्यटकका लागि अवसर हो’
विज्ञापन
Advertisement

चितवन । साताको दुई दिन बिदा हुँदा आन्तरिक पर्यटन प्रवरद्धन हुने अपेक्षा गरिएको छ । सरकारले यसअघि छोटो समयका लागि गरेको दुई दिन बिदाले पर्यटकीय क्षेत्रमा केही सुधार देखिएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले इन्धन खपत घटाउन शनिबार र आइतबार बिदा दिएको हो । इन्धनको खपत घटाउने भएकाले यो बिदामा पर्यटकको आगमन धेरै नबढे पनि यसलाई निरन्तरता दिन सकिएमा पर्यटकीय क्षेत्र पूर्ववत् अवस्थामा फर्कने व्यवसायीहरु बताउनछन् । दुई दिन बिदा हुँदा कम्तीमा एक रात र दुई दिनको छोटो प्याकेज लिएर आन्तरिक पर्यटक हिँड्न पाउने छन् ।

क्षेत्रीय होटल सङ्घ चितवनका निवर्तमान अध्यक्ष दीपक भट्टराई इन्धन खपत घटाउन खोजिएकाले अहिले ठूलो प्रभाव नभए पनि यसलाई निरन्तरता दिन सकिएमा पर्यटकीय क्षेत्रमा राम्रो प्रभाव पर्ने बताउँछन् ।उनी भन्छन्, ‘साताको दुई दिन बिदालाई दीर्घकालीन बनाउन सरकारसँग हामीले आग्रह गर्दै आएका हौँ ।’ आफू सङ्घको अध्यक्ष हुँदा यस विषयमा धेरै पहलकदमी भएको जनाउँदै उनले अहिलेको सरकारले यसलाई निरन्तरता दिन्छ भन्नेमा आशावादी रहेको पनि बताए।

सङ्घका उपाध्यक्ष गुणराज थपलिया विश्वबजार आइतबार पनि बन्द हुने भन्दै उनले यसलाई निरन्तरता दिन माग गरिएको बताए। उनले भने, ‘सातामा दुई दिन बिदा गर्दा सरकारी व्ययभार घट्ने छ । यो विश्वभरिनै हुने गर्दछ ।’ झण्डै दुई तिहाइको सरकार भएका कारण राजनीतिक स्थायित्व हुनेमा आशावादी भएका व्यवसायीहरु अबको दिन पर्यटकीय हिसाबले राम्रो हुनेमा विश्वस्थ छन् । होटल भिष्टा चितवनका सञ्चालक समेश सिलवाल सातामा दुई दिन बिदाले निरन्तरता पाउनेमा ढुक्क छन् । उनी भन्छन्, ‘आन्तरिक पर्यटक वढ्नेमा हामी ढुक्क छौँ ।’

शुक्रबार र शनिबार अहिले पनि आन्तरिक पर्यटकको आगमन बढी हुने गरेको भन्दै उनले अब आइतबार पनि पर्यटकको सङ्ख्या बढ्ने बताए। वनवास रिसोट चितवनका महाप्रबन्धक प्रकाश न्यौपाने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सातामा दुई दिन बिदा दिन सुरु गरिएको भए पनि निरन्तरता दिन नसकिएको बताउए। पछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई हुँदा केही दिन बिदा दिइएको जनाउँदै उनले यसलाई निरन्तरता दिन आग्रह गरे। उनले भने, ‘दुई दिन बिदा दिँदा आन्तरिक पर्यटन व्यवसाय चलायनमान हुन्छ । राज्यको भार घट्छ ।‘ यसलाई निरन्तरता दिइनेमा आफू विश्वस्त भएको पनि उनले बताए ।

जिल्लाको सौराहा, पटिहानी, मेघौली, भरतपुरलगायतका क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरु आउने गर्दछन् । दुई दिन बिदा हुँदा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु घुम्न आउन सहज हुन्छ ।  रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit