Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रिहा भएपछि ओलीको टिप्पणी–पूर्वाग्रह र प्रतिशोधका आधारमा मलाई थुनियो

रिहा भएपछि ओलीको टिप्पणी–पूर्वाग्रह र प्रतिशोधका आधारमा मलाई थुनियो
विज्ञापन
Advertisement

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा पक्राउ गरेको आरोप लगाएका छन् । गत चैत १४ गते प्रक्राउ परेका ओली बिहीबार रिहा भएसँगै यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले सरकारले आफूलाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखेर मुद्दा चलाउने प्रमाण नपुगेपछि रिहा भएको टिप्पणी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

हाल टिचिङ अस्पतालमा उपचाररत ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।’

सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका पूर्वप्रधानमन्त्री ओलीले न्यायको पक्षमा उभिने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले विशेषगरी हिरासतमा रहँदा प्रहरी प्रशासनले देखाएको मानवीय व्यवहार र उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति कृतज्ञ रहेको उल्लेख गरेका छन् ।

यसैबीच उनी पक्राउ परेपछि भएको प्रर्दशनमा घाइते भएकाहरूको उपचार पार्टीले गर्ने घोषणा पनि ओलीले गरेका छन्। ‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु’ ओलीले लेखेका छन्।

ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी दिएका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit