Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या

जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या
विज्ञापन
Advertisement

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी भएका दुई अधिकृतस्तरका कर्मचारी गृह मन्त्रालय काजमा बसेपछि सेवा प्रवाहमा समस्या भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कर्मचारी काजमै सीमित हुँदा प्रशासन कार्यालयको दैनिक सेवा प्रवाह प्रभावित भएकोे प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिएका छन ।

सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा दुवै जना हाल काजमा छन् ।

दुवै जना कर्मचारी काठमाडौंमा रहे पनि सेवासुविधा जुम्लाबाटै लिइरहेको उनले बताए । कर्मचारी अभावमा नागरिकता, राहदानी सिफारिस, शान्ति सुरक्षा समन्वय, विपद् व्यवस्थापनलगायत काम प्रभावित भएको छ । समयमै सेवा नपाउँदा सेवाग्राहीले गुनासो गर्न थालेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit