images images images
images images images
images
images
images

अमेरिका–इरान युद्धविराममा लेबनान समावेश छैन : उपराष्ट्रपति जेडी भेन्स

images

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले अमेरिका र इरानबीच हुन लागेको युद्धविराम सम्झौतामा लेबनान समावेश नभएको टिप्पणी गरेका छन् । हंगेरीको बुडापेस्टमा पत्रकारहरूसँग कुरा गर्दै भेन्सले इरानी पक्षले युद्धविराममा लेबनान पनि समेटिएको ठाने पनि वास्तविकता त्यस्तो नभएको बताएका हुन् । उनले अमेरिकाको ध्यान युद्धविरामलाई मुख्य रूपमा इरान र अमेरिकाका सहयोगीहरू (इजरायल र खाडीका अरब राष्ट्रहरू) बीच केन्द्रित राख्ने रहेको बताए।

भेन्सले भनेका छन्,‘इजरायलले लेबनानमा केही हदसम्म संयमता देखाउने प्रस्ताव गरेको छ ताकि वार्ता सफल होस्, तर यसको विस्तृत जानकारी अझै आएको छैन। आधिकारिक रूपमा लेबनान यस सम्झौताको हिस्सा होइन।’  यसअघि पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले युद्धविराम लेबनानमा पनि लागू हुने बताएका थिए। तर, इजरायलले आफ्नो आधिकारिक वक्तव्यमार्फत दुई साताको युद्धविराममा लेबनान समावेश नभएको स्पष्ट पारिसकेको छ।

images
images

वार्ताको तयारी, इस्लामावादमा दुई दिन बिदा

अमेरिका र इरानबीचको यो संवेदनशील र उच्चस्तरीय वार्ता पाकिस्तानको राजधानी इस्लामावादमा हुँदैछ। सोही वार्ताको सुरक्षाका लागि पाकिस्तान सरकारले बिहीबारदेखि लागू हुने गरी इस्लामावादमा दुई दिने आकस्मिक स्थानीय बिदा घोषणा गरेको छ।
यस वार्ताको लागि अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गर्नेछन्। यो वार्ताले मध्यपूर्वको तनाव न्यूनीकरणमा कस्तो मोड लिन्छ भन्नेमा अहिले विश्व समुदायको ध्यान केन्द्रित भएको छ।

इस्लामावाद जिल्ला प्रशासनले बिहीबार र शुक्रबारका लागि बिदा घोषणा गर्दै सरकारी तथा निजी कार्यालयहरू बन्द रहने जनाएको छ।
तर, अस्पताल, प्रहरी, विद्युत् र ग्यास जस्ता अत्यावश्यक सेवाहरू भने सुचारु रहने विज्ञप्तिमा उल्लेख छ । मध्यपूर्वमा बढ्दो तनाव कम गर्न अमेरिका र इरानलाई एउटै टेबुलमा ल्याएर पाकिस्तानले आफूलाई एक महत्त्वपूर्ण मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्न खोजेको छ। क्षेत्रीय स्थिरताका लागि यो वार्तालाई अत्यन्तै महत्त्वपूर्ण रूपमा हेरिएको छ।

 

images
images

प्रतिक्रिया दिनुहोस्