काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा अङ्ग प्रत्यारोपणतर्फ किष्ट टिचिङ हस्पिटलले एक नयाँ उचाइ हासिल गरेको छ। अस्पतालको ग्यास्ट्रो विभागको नेतृत्वमा हालै १५औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएसँगै किष्टले नेपालमै उच्च सफलता दरको कीर्तिमान कायम गरेको जनाएको हो।





