Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोनसहित यस्तो बन्यो इप्पानको नयाँ कार्यसमिति

वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोनसहित यस्तो बन्यो इप्पानको नयाँ कार्यसमिति
विज्ञापन
Advertisement

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ कार्यसमितिको अध्यक्षमा मोहनकुमार डाँगी चयन भएका छन्। संस्थाको विधानअनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका डाँगी स्वतः अध्यक्ष बनेका हुन्। वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोननिर्विरोध निर्वाचित भएका छन्।

उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन्।

महासचिवमा टेकनाथ आचार्य (टी.एन. आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुबेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन्।

कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शंकर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरेका थिए।

खुला सदस्यतर्फ अनुप आचार्य, कदम के.सी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिले नयाँ कार्यसमितिलाई बधाई दिँदै संस्थाको आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ। ऊर्जा क्षेत्रको निजी लगानी, जलविद्युत् विकास तथा नवीकरणीय ऊर्जा प्रवर्द्धनमा क्ष्एएब्ल् को भूमिका अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit