Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बस दुर्घटना अपडेटः १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु

बस दुर्घटना अपडेटः १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु
विज्ञापन
Advertisement

रामेछाप । काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचान खुलेको छ । घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

धुलिखेल अस्पतालका अनुसार घाइतेहरूमा काभ्रे रोशीका २२ वर्षीय अनिस तामाङ, बर्दियाका २५ वर्षीय सुरेशबहादुर बादी, रोशीकै २० वर्षीया विष्णुडाल्मा तामाङ, ६० वर्षीय डम्बरबहादुर शाह, ३० वर्षीय चन्द्र तामाङ, ४३ वर्षीय कृष्णबहादुर तामाङ, १८ वर्षीया रमिता वाइबा, ४० वर्षीय मानव तामाङ, ३४ वर्षीय गोइयासिं तामाङ, ६२ वर्षीया विष्णुमाया लामा, ४३ वर्षीय मनुराज तामाङ र ‘सुवास’ भनिने थप पहिचान नखुलेका ५–६ वर्षका एक बालक रहेका छन् ।

त्यस्तै, एक वर्षकी बालिका र ६०–६५ वर्षका पुरुषको पहिचान खुलेको छैन । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा सात जनाको मृत्यु भएको छ। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो। बस नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा दुर्घटनामा परेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit