Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

वर्षाले दुई स्थानीय तहमा ४६ करोडको क्षति

वर्षाले दुई स्थानीय तहमा ४६ करोडको क्षति
विज्ञापन
Advertisement

काभ्रेपलाञ्चोक । गत वैशाख १२ र १३ गतेको अविरल वर्षात्ले काभ्रेपलाञ्चोकको दुई स्थानीय तहमा करोडौँको क्षति पुर्याएको तथ्याङ्कले देखाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त वर्षाले दुई तहमा कृषि क्षेत्रमा पु¥याएको अनुमानित क्षतिको विवरण पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाले जिल्लास्थित कृषि कार्यालयमा बुझाएका छन् ।

कृषि कार्यालयको विवरणअनुसार बेथानचोक–१ मा ६०० रोपनी क्षेत्रफलमा ८० मेट्रिकटन कृषि बाली उत्पादनमा क्षति पुगेको छ ।

आलु, तोरी, सस्र्यु, केराउ, मकै, सुन्तला र बोधिचित्तका फूल तथा चिचिला नष्ट भएको जनाइएको छ । यस्तै तरकारी र फलफूलका बिरुवा पनि नस्ट भएका छन् भने वडा नं २ मा ४०० रोपनी, वडा नं ३ मा एक हजार २०० रोपनी, वडा नं ४ मा ६०० रोपनी, वडा नं ५ मा ५०० रोपनी र वडा नं ६ मा ३०० रोपनीमा क्षति पुगेको विवरण उल्लेख छ ।

यसैगरी उक्त गाउँपालिकामा कागती, सुन्तला र बोधिचित्तका फुल, तरकारी बालीमा अधिक क्षति भएको गाउँपालिकालेसमेत जनाएको छ । करिव रु ६५ लाख बराबरको उत्पादनमा क्षति पुगेको गाउँपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र पन्त जानकारी दिए ।

त्यस्तै पनौती नगरपमा आलु रु ४३ करोड २६ लाख बराबरको क्षति भएको विवरण बुझाइएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीका अनुसार ७५० हेक्टरमा रोपिएको १० हजार ३०० मेट्रिकटन आलुमा आंशिक तथा पूर्ण क्षति भएको छ ।

ओलीले कृषि कार्यालयमा बुझाएको विवरणमा ५०० टनेल रु २५ लाख, १० हेक्टरमा लगाइएको गोलभेँडा २५० मेट्रिकटनअनुसार रु एक करोड २५ लाख र १० हेक्टरमा लगाएको काक्रा ३०० मेट्रिकटन अर्थात् रु एक करोड ५० लाख बराबरको क्षति भएको बताउनुभयो । पनौतीमा मात्रै रु ४६ करोडको कृषिबालीमा क्षति भएको नगरपालिकाको दावी छ ।

यसैबीच उक्त वर्षाले धुलिखेल नगरपालिका–१० र १२ नं वडाका कृषि बालीमा पुगेको क्षति तथा अन्य वडामा भएको क्षतिको विवरण आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख कुलप्रसाद दवाडीले कृषकलाई अन्नबाली, तरकारी बालीमा पुगेको क्षतिको राहतका लागि प्रदेश सरकारसँग समन्वय गरिएको बताउनुभयो । उनका अनुसार विसं २०८१ असोज १०–१२ को वर्षाले पु¥याएको क्षतिको विवरण सङ्कलन गर्दै प्रदेश सरकारमा पठाउँदै आएको राहत बितरण गरिरहेको छ ।

वैशाख दोस्रो साताको वर्षापछि काभ्रेपलाञ्चोकका सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, जिल्ला कृषि विकास कार्यालयका प्राविधिसहितको टोलीले दुवै नगरमा पुगेको क्षतिबारे स्थानीयसँग जानकारी लिँदै एकीन विवरण वडा कार्यालयलाई उपलब्ध गराइदिन सुझाव दिएका थिए । उनले धुलिखेल– १, ११ र १२ नं वडा तथा पनौती– ६, ८, ९ र १० वडाका खेतबारीमा लगाइएको आलु तथा तरकारी र अन्य फलफुलमा वर्षाले पारेको क्षतिको स्थलगत गर्दै ‘क्षतिको एकीन विवरण आएपछि पीडित कृषकलाई भेदभाव नगरी राहत उपलब्ध गराउन पहल गर्छु, यसका लागि संसद्मासमेत विषय उठान गर्नेछु’, उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit