Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

त्रिभुवन राजपथमा सवारी चलाउन नयाँ समय तालिका, १५ टनभन्दा बढी भारका मालवाहक निषेध

त्रिभुवन राजपथमा सवारी चलाउन नयाँ समय तालिका, १५ टनभन्दा बढी भारका मालवाहक निषेध
विज्ञापन
Advertisement

काठमाडौं। पृथ्वी राजमार्गलगायतका सडकमा वर्षाका कारण यातायात प्रभावित भएपछि त्रिभुवन राजपथमा बढेको सवारी चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ समय तालिका लागू गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रशासनले हेटौँडाबाट काठमाडौं जाने र काठमाडौंमा हेटौँडातर्फ आउने सवारीसाधनका लागि छुट्टाछुट्टै समय र प्रवेश नाका निर्धारण गरेको हो। प्रशासनको सूचनाअनुसार हेटौँडाबाट काठमाडौं जाने सवारीसाधनले चौकीटोलबाट शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म प्रवेश गरिसक्नुपर्नेछ।

शनिबार भने हेटौँडाबाट काठमाडौं जाने सवारीका लागि बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि आइतबार बिहान २ बजेसम्म चौकीटोलबाट प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी, काठमाडौं हुँदै हेटौँडा आउने सवारीसाधनले सिमभञ्ज्याङ चौकीबाट शुक्रबार साँझ ७ बजेदेखि राति ११ बजेसम्म प्रवेश गर्नुपर्नेछ। शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म काठमाडौं–हेटौँडा दिशाका सवारी सञ्चालन गर्न दिइनेछ।

प्रशासनका अनुसार तोकिएको समयबाहेक त्रिभुवन राजपथमा सवारी सञ्चालन गर्न पाइने छैन। भारी वर्षाका कारण सडकको अवस्था जोखिमपूर्ण हुन सक्ने भएकाले चालक तथा यातायात व्यवसायीलाई तोकिएको समय र मार्ग पालना गर्न आग्रह गरिएको छ। मालवाहक सवारीसाधनको हकमा अर्को व्यवस्था नभएसम्म १० चक्केभन्दा लामा तथा १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीसाधनलाई त्रिभुवन राजपथमा पूर्ण रूपमा निषेध गरिएको छ भने इन्धन तथा एलपी ग्यास बोकेका सवारीसाधनलाई भने सञ्चालनमा छुट दिइएको छ।यात्रुवाहक सवारीसाधनतर्फ भने अधिकतम ११ मिटर लम्बाइसम्मका सवारीसाधनले मात्र त्रिभुवन राजपथ प्रयोग गर्न पाउने प्रशासनले जनाएको छ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं–हेटौँडा आवागमनका लागि त्रिभुवन राजपथमा सवारीको चाप उल्लेख्य रूपमा बढेको छ। साँघुरो तथा घुमाउरो सडकमा एकैपटक दुवैतर्फबाट अत्यधिक सवारी सञ्चालन हुँदा जाम तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रशासनले समय विभाजन गरेर आवागमन व्यवस्थापन गरेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit