Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

नारायणीसहित प्रमुख एक दर्जन बढी नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

नारायणीसहित प्रमुख एक दर्जन बढी नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । देवघाटस्थित नारायणी नदीको जलसतह खतरा तह पार गरी निरन्तर बढिरहेको छ। जलसतह ९.३ मिटरको खतरा तह पार गरिसकेको र आज बिहान करिब ११ बजे १३ मिटर आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

हालको बाढी पूर्वानुमानअनुसार नारायणीको जलसतह आइतबार १२ बजेसम्म अधिकतम ११.६ मिटरभन्दा माथि पुग्ने सम्भावना रहेको छ। यससँगै रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व तथा पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मीका नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाइएको छ।

नारायणी, तिनाउ, मर्स्याङ्दी लगायतका नदी तथा साना खोलामा सम्भावित बाढीलाई मध्यनजर गर्दै जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन पनि बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नदी किनार तथा तटीय क्षेत्रबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न तथा सम्बन्धित सरकारी निकायबाट जारी हुने सूचना र निर्देशनको पालना गर्न प्रशासनले अनुरोध गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit