काठमाडाैं। फास्ट ट्र्याक प्रोजेक्ट डेलिभरी र गुणस्तरीय सेवामार्फत आफ्नो छुट्टै पहिचान बनाउँदै अघि बढिरहेको संस्था हो—वी बिल्ड कन्स्ट्रक्सन सर्भिसेस। आवासीय तथा व्यावसायिक भवन निर्माण, हाउजिङ प्रोजेक्ट, इन्टेरियर, विद्यालय तथा अस्पतालका पूर्वाधार निर्माणलगायतका क्षेत्रमा काम गर्दै आएको संस्थाले निर्माणलाई केवल भौतिक संरचना निर्माणको विषयमा सीमित नराखी ग्राहकको आवश्यकता, बजेट, गुणस्तर र समय व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ।
संस्थाकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुकीर्ति शर्माले निर्माण क्षेत्रमा दक्ष जनशक्तिको व्यवस्थापन, आफ्नै फ्याक्ट्रीमार्फत फर्निचर उत्पादन, प्रभावकारी योजना र ग्राहकसँगको निरन्तर संवादलाई आफ्नो संस्थाको प्रमुख शक्ति मानेकी छन्। उनका अनुसार कुनै पनि प्रोजेक्टलाई समयमै सम्पन्न गर्न पूर्वतयारी, सही व्यवस्थापन र कामदार तथा ग्राहकबीचको विश्वासपूर्ण सम्बन्ध महत्वपूर्ण हुन्छ।
वी बिल्ड कन्स्ट्रक्सन सर्भिसेसले हालसम्म आवासीय तथा व्यावसायिक निर्माणदेखि फार्मेसी, इन्टेरियर र टर्नकी प्रोजेक्टसम्म काम गर्दै आएको छ। पछिल्लो समय निर्माण क्षेत्र सुस्त बन्दै गएको अवस्थामा महिला नेतृत्वमा रहेको निर्माण संस्थाले भोगिरहेका चुनौती, सरकारी नीतिको आवश्यकता, गुणस्तरीय निर्माण र आगामी योजनाका विषयमा सुकीर्ति शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :
फास्ट ट्र्याक डेलिभरी हाम्रो प्रमुख पहिचान हो ।

वी बिल्ड कन्स्ट्रक्सन सर्भिसेसको सुरुवातदेखि नै हामीले निर्माणका विभिन्न क्षेत्रमा काम गर्दै आएका छौं। आवासीय तथा व्यावसायिक भवन निर्माण, हाउजिङ प्रोजेक्ट, इन्टेरियर, विद्यालय तथा अस्पतालका पूर्वाधार निर्माणलगायतका काममा हाम्रो संलग्नता छ। हाम्रो संस्थाको प्रमुख विशेषता भनेको फास्ट ट्र्याक प्रोजेक्ट डेलिभरी हो। ग्राहकले हामीलाई काम जिम्मा दिएपछि त्यसलाई समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्ने प्रयास गछौं । यसका लागि दक्ष तथा अदक्ष जनशक्तिको उचित व्यवस्थापन, कामदारसँगको राम्रो सम्बन्ध र प्रभावकारी कार्य वातावरण निर्माणमा हामी विशेष ध्यान दिन्छौं।

हामीले आफ्ना कामदार तथा कर्मचारीको दक्षता अभिवृद्धिका लागि आवश्यक प्रशिक्षण र सहयोग प्रदान गर्दै आएका छौं । उनीहरूको व्यक्तिगत विकास र कार्यक्षमतामा पनि ध्यान दिन्छौं । यसले कामको गुणस्तरमा सकारात्मक प्रभाव पारेको छ।
हाम्रो उद्देश्य केवल भवन निर्माण गर्नु मात्र होइन, निर्माणमा संलग्न जनशक्तिको क्षमता विकास र व्यक्तित्व निर्माणमा समेत योगदान पु¥याउनु हो। महिला नेतृत्वमा स्थापना भएको संस्थाका रूपमा यसरी अघि बढ्न पाउँदा म सन्तुष्ट छु।
तीन महिनामै ३३ हजार स्क्वायर फिटको अपार्टमेन्ट सम्पन्न
पछिल्लो आर्थिक वर्षमा हामीले नर्भिक अस्पतालको फार्मेसीसम्बन्धी काम सम्पन्न गरेका थियौं। सामान्य अवस्थामा त्यस्ता फार्मेसी निर्माण तथा इन्टेरियरको काम पूरा गर्न चारदेखि पाँच महिनासम्म लाग्न सक्छ। तर, हाम्रो फास्ट ट्र्याक डेलिभरी प्रणालीका कारण हामीले उक्त काम छिटो सम्पन्न गर्न सफल भयौं ।
हामीसँग आफ्नै फ्याक्ट्री पनि छ, जहाँ आवश्यक फर्निचर तथा काठसम्बन्धी सामग्री तयार गछौं साइटमा पेन्टिङ वा अन्य निर्माण कार्य भइरहँदा फ्याक्ट्रीमा फर्निचर निर्माण गर्ने र तयार भएपछि साइटमा ल्याएर जडान गर्ने प्रणालीले कामलाई तीव्र बनाउन सहयोग गर्छ।
त्यसपछि हामीले करिब ३३ हजार स्क्वायर फिट क्षेत्रफलको ठूलो आवासीय अपार्टमेन्ट प्रोजेक्ट लिएका थियौं । सामान्य निर्माण कम्पनीलाई त्यस्तो प्रोजेक्ट सम्पन्न गर्न ९ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने भए पनि हामीले त्यसलाई तीन महिनामै सफलतापूर्वक सम्पन्न गरेर हस्तान्तरण ग¥यौं।
यो काम सामान्य उपलब्धि होइन। यसका लागि परियोजनाको योजना, जनशक्ति, सामग्री, डिजाइन स्वीकृति र साइट व्यवस्थापनलगायत सबै पक्षलाई समन्वय गर्नुपर्छ। हरेक पक्षको प्रभावकारी व्यवस्थापनकै कारण हामीले निर्धारित समयभन्दा निकै छिटो काम सम्पन्न गर्न सकेका हौं ।
आगामी आर्थिक वर्षका लागि पनि केही प्रोजेक्ट पाइपलाइनमा छन्। यद्यपि तीमध्ये केहीको सम्झौता भने भइसकेको छैन।

निर्माण क्षेत्रमा कामको प्रकृति नै फरक हुन्छनिर्माण व्यवसाय अन्य व्यवसायजस्तो हुँदैन। हरेक दिन नयाँ ग्राहक आउने र तुरुन्तै अर्को काम सुरु हुने अवस्था निर्माण क्षेत्रमा सामान्यतया हुँदैन। हामी एउटा प्रोजेक्ट लिन्छौं त्यसलाई तीन–चार महिना लगाएर सम्पन्न गछौं । त्यसपछि अर्को प्रोजेक्ट सुरु हुन्छ।
त्यसैले निर्माण व्यवसायमा प्रोजेक्टको निरन्तरता, योजना र जनशक्ति व्यवस्थापन निकै महत्वपूर्ण हुन्छ। एउटै समयमा धेरै काम सम्हाल्न सक्ने क्षमताका साथै प्रत्येक प्रोजेक्टलाई आवश्यक समय र ध्यान दिनुपर्ने हुन्छ। अहिले डिजिटल मार्केटिङमार्फत पनि हाम्रो कामबारे धेरैले जानकारी पाउनुभएको छ। केही ग्राहकहरूले आफ्नो व्यवसाय वा प्रोजेक्टका लागि डिजिटल मार्केटिङसम्बन्धी सहयोग गर्न समेत आग्रह गर्नुभएको छ। यस विषयमा केही सम्भावना देखिए पनि हालसम्म औपचारिक सम्झौता भने भएको छैन।
निर्माण क्षेत्रमा महिलाका लागि विशेष नीतिगत सहयोग आवश्यक छ
पछिल्लो समय घर निर्माण तथा निर्माण क्षेत्र समग्र रूपमा सुस्त देखिएको छ । आर्थिक गतिविधिमा आएको कमी र सरकारी नीतिगत वातावरणले पनि यसको प्रभाव पारेको हुन सक्छ। यस्तो अवस्थामा निर्माण क्षेत्रमा संलग्न व्यवसायीलाई प्रोत्साहन गर्ने नीतिको आवश्यकता छ।
म एउटा सेमिनारमा सहभागि हुने क्रममा मैले भुटानमा बारेमा थाहा पाएको थिए। त्यहाँ नेपालजस्तै राष्ट्रमा महिला नेतृत्वमा सञ्चालित संस्थालाई सरकारले बिना धितो तथा बिना ब्याज सहयोग उपलब्ध गराउने योजनाका विषयमा जानकारी पाउने अवसर मिल्यो। हामीजस्ता निर्माण क्षेत्रमा काम गरिरहेका महिला उद्यमीलाई पनि सरकारले यस्ता अवसर र सहयोगका कार्यक्रम ल्याउन आवश्यक छ। महिला नेतृत्वमा रहेका संस्थालाई प्रोत्साहन गर्ने, सहज वित्तीय पहुँच प्रदान गर्ने र उद्यम विस्तारमा सहयोग पुग्ने नीतिगत वातावरण निर्माण गर्नुपर्छ।
हामीले छिमेकी तथा अन्य राष्ट्रबाट पनि सिक्न सक्छौं । निर्माण क्षेत्रमा महिला सहभागिता बढाउन र उनीहरूलाई उद्यम विस्तार गर्न सहयोग पुग्ने योजनाहरू नेपालमा पनि आवश्यक छन्।
सस्तो मूल्य मात्र होइन, गुणस्तरका आधारमा पनि ठेक्का छनोट हुनुपर्छ ।
निर्माण क्षेत्रमा सुधार गर्नुपर्ने महत्वपूर्ण विषयमध्ये एउटा टेन्डर प्रणाली हो। विगतदेखि नै सबैभन्दा सस्तो प्रस्ताव छनोट गर्ने अभ्यासलाई प्राथमिकता दिइँदै आएको छ। तर, सस्तो मूल्य नै सधैँ गुणस्तरीय निर्माणको ग्यारेन्टी हुँदैन।
निर्माण व्यवसायी छनोट गर्दा मूल्यसँगै कामको गुणस्तर, प्राविधिक क्षमता, अनुभव र कार्यसम्पादनलाई पनि आधार बनाउनुपर्छ। हामी गुणस्तरमा आधारित भएर काम गर्ने संस्था भएकाले सस्तो प्रस्तावलाई मात्र प्राथमिकता दिइने प्रणालीले गुणस्तरीय काम गर्ने व्यवसायीलाई चुनौती सिर्जना गर्न सक्छ।
कुनै पनि प्रोजेक्टमा कामको गुणस्तर र कार्यदक्षताको उचित मूल्यांकन हुनुपर्छ। निर्माण व्यवसायीको क्षमता, प्राविधिक विशिष्टता र विगतको कार्यसम्पादनलाई समेत ध्यानमा राखेर ठेक्का छनोट गरिनुपर्छ भन्ने मेरो धारणा हो।
फास्ट ट्र्याक डेलिभरीका लागि पूर्वयोजना र प्रत्यक्ष निगरानी
हामीले छ–सात महिनामा सम्पन्न हुने प्रोजेक्टलाई दुई–तीन महिनामै हस्तान्तरण गर्न सफल भएका छौँ। तर, यस्तो काम केवल छिटो कामदार लगाएर सम्भव हुँदैन। त्यसका लागि सुरुबाटै धेरै पक्षको तयारी गर्नुपर्छ।
सबैभन्दा पहिले ग्राहकसँग डिजाइन र आवश्यकताका विषयमा स्पष्ट छलफल गछौं। डिजाइनलाई समयमै स्वीकृत गराउने, आवश्यक सामग्रीको पूर्वतयारी गर्ने र साइटमा कामको क्रम मिलाउने काम हुन्छ। हामीसँग आवश्यक सामग्रीको स्टक व्यवस्थापन र आफ्नै फ्याक्ट्रीको सुविधा भएकाले पनि कामलाई गति दिन सहयोग पुग्छ।
म आफैं पनि साइटको कामलाई नजिकबाट निगरानी गर्छु। कार्यालयमा काम भए पनि आवश्यकताअनुसार साइटमा पुगेर कामको अवस्था हेर्ने गर्छु। आफ्नै आँखाले कामको गुणस्तर र प्रगति हेर्नु आवश्यक ठान्छु।
यसरी प्रत्यक्ष निगरानी गर्दा कामदारलाई पनि आफ्नो कामप्रति जिम्मेवारी र अधिकारको अनुभूति हुन्छ। साइटमा गुणस्तर नियन्त्रण गर्न सजिलो हुन्छ। त्यसले कामको गुणस्तर कायम राख्न र डेलिभरीको समय व्यवस्थापन गर्न सहयोग पु¥याउँछ। महिला नेतृत्वमा काम गर्दा हामीले हरेक प्रोजेक्ट र त्यसका साना–साना विवरणलाई समेत गम्भीरतापूर्वक हेर्ने गरेका छौँ। यसले हाम्रो काम गर्ने शैलीमा फरकपन ल्याएको छ भन्ने लाग्छ।
आफ्नै फ्याक्ट्री र सप्लायर्ससँगको सम्बन्ध हाम्रो बलियो पक्ष
निर्माण सामग्रीको व्यवस्थापनमा हामीले लामो समयदेखि सप्लायर्ससँग राम्रो सम्बन्ध कायम गर्दै आएका छौं । कुनै प्रोजेक्ट सुरु हुने भएपछि सप्लायर्ससँग आवश्यक सामग्री, मूल्य र आपूर्तिको विषयमा योजना बनाउँछौं । उनीहरूसँगको राम्रो सम्बन्धका कारण आवश्यक सामग्री समयमै व्यवस्थापन गर्न सहयोग पुग्छ।
काठसम्बन्धी काम, फर्निचर र फर्निसिङका लागि हाम्रो आफ्नै फ्याक्ट्री छ। आवश्यक सामग्री स्टकमा राख्ने र फर्निचर तयार गरेर साइटमा ल्याई जडान गर्ने काम गछौं । यसले निर्माण साइटमा हुने कामलाई व्यवस्थित र छिटो बनाउन मद्दत गर्छ।
फास्ट ट्र्याक डेलिभरीमा योजना र आपूर्ति व्यवस्थापनको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। साइटमा आवश्यक सामग्री समयमा पुग्न सकेन भने कामको गति प्रभावित हुन्छ। त्यसैले हामीले पहिले नै सामग्रीको योजना बनाउने र सप्लायर्ससँग समन्वय गर्ने प्रणालीलाई प्राथमिकता दिएका छौँ।
ग्राहकको आवश्यकतालाई पहिलो दिनदेखि नै गम्भीरतापूर्वक लिन्छौं
कुनै ग्राहकले हामीलाई सम्पर्क गरेपछि हामी उहाँहरूको आवश्यकतालाई पहिलो दिनदेखि नै गम्भीरतापूर्वक लिन्छौं। साइटमा पुगेर अवस्था हेर्ने, आवश्यक नापजाँच गर्ने र प्रारम्भिक डिजाइन तथा स्किम्याटिक ड्रइङ तयार गर्ने काम गछौं ।
हाम्रो योजना प्रक्रियामा टुडी ड्रइङ, डिटेल ड्रइङ र थ्रीडी ड्रइङलाई पनि महत्व दिन्छौं । यसले ग्राहकलाई आफ्नो प्रोजेक्ट कस्तो देखिनेछ भन्ने कुरा पहिले नै बुझ्न र आवश्यक सुधार गर्न सहयोग गर्छ।
घर वा भवन निर्माण ग्राहकका लागि सामान्य काम होइन। उहाँहरूको लागि त्यो जीवनको महत्वपूर्ण लगानी र भावनासँग जोडिएको विषय हो। त्यसैले हामीले उहाँहरूको प्रोजेक्टलाई विशेष रूपमा लिनुपर्छ।
हामी ग्राहकसँग पारदर्शी रूपमा काम गर्न चाहन्छौं। आवश्यक छलफल, डिजाइन स्वीकृति र योजना प्रक्रियापछि मात्र निर्माणको काम अघि बढाउँछौं। ग्राहकलाई आफ्नो आवश्यकता स्पष्ट रूपमा बुझाउन र अन्तिम परिणामप्रति विश्वस्त बनाउन डिजाइन प्रक्रियाले महत्वपूर्ण भूमिका खेल्छ।
टर्नकी प्रोजेक्टमा डिजाइनदेखि हस्तान्तरणसम्मको जिम्मेवारी
हामी टर्नकी प्रोजेक्टमा पनि काम गर्छौ। ग्राहकले आफ्नो आवश्यकता र बजेटबारे जानकारी दिन्छन् । त्यसैअनुसार हामी डिजाइन तयार गछौं र निर्माण कार्य अघि बढाउँछौं । हाम्रो सेवामा डिजाइनदेखि लेआउट, सिभिल निर्माण, इलेक्ट्रिकल, फर्निसिङ, फर्निचर तथा एचभीएसी (एसीसम्बन्धी काम) लगायतका विभिन्न पक्ष समेटिन सक्छन्।
आवश्यकताअनुसार सम्पूर्ण कामको समन्वय गरेर प्रोजेक्ट तयार भएपछि ग्राहकलाई हस्तान्तरण गछौं। हामीसँग उच्च बजेट भएका ग्राहकहरू पनि आउनुहुन्छ र आफ्नो सीमित बजेटमा घर वा अन्य संरचना बनाउन चाहने ग्राहकहरू पनि हुनुहुन्छ। हामी ग्राहकको बजेट र आवश्यकताअनुसार डिजाइन तथा निर्माणसम्बन्धी समाधान उपलब्ध गराउने प्रयास गछौं । ग्राहकले आफ्नो प्रोजेक्ट जिम्मा दिएपछि ढुक्क महसुस गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो। त्यसका लागि हरेक चरणमा पारदर्शिता र नियमित संवाद आवश्यक हुन्छ।
ग्राहकसँगको विश्वास नै दीर्घकालीन सम्बन्धको आधार हो
हामीले ग्राहकसँगको सम्बन्धलाई निकै महत्व दिन्छौं प्रोजेक्ट निर्माणका क्रममा ग्राहकलाई हरेक चरणको जानकारी दिन्छौं। अहिले प्रविधिको सुविधा भएकाले ग्राहकसँग समूह बनाएर कामको प्रगति र फोटोहरू साझा गर्ने गछौं। आज घरको कुनै दराज जडान भयो वा कुनै काम सम्पन्न भयो भने त्यसको जानकारी र फोटो ग्राहकलाई पठाउँछौँ। यसले ग्राहकलाई आफ्नो प्रोजेक्टसँग प्रत्यक्ष रूपमा जोडिएको अनुभूति हुन्छ।
हामीसँग एउटा प्रोजेक्ट भए पनि ग्राहकका लागि त्यो उहाँहरूको जीवनकै महत्वपूर्ण लगानी हुन सक्छ। त्यसैले हामीले साना–साना कुरालाई समेत महत्व दिनुपर्छ। यसले ग्राहकसँग विश्वासको सम्बन्ध निर्माण गर्न सहयोग गर्छ।निर्माण सम्पन्न भएपछि पनि हाम्रो जिम्मेवारी सकिँदैन। ग्राहकले कुनै समस्या जानकारी गराउनुभयो भने २४ घण्टाभित्र समाधानका लागि पुग्ने नीति हामीले अपनाएका छौँ। हाम्रो टिमले ग्राहकको समस्यालाई गम्भीरतापूर्वक लिन्छ र आवश्यक सहयोग उपलब्ध गराउँछ। नर्भिक अस्पतालको फार्मेसीसम्बन्धी कामलगायत विभिन्न प्रोजेक्टमा ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाएका छौं। ग्राहकले आफ्नो लगानी सही ठाउँमा भएको महसुस गर्न सक्नु हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो।
गुणस्तरीय निर्माणसँगै ग्राहकको भावनालाई पनि बुझ्नुपर्छ
घर वा भवन निर्माण केवल इँटा, सिमेन्ट र संरचना बनाउने काम होइन। यो ग्राहकको लगानी, आवश्यकता र भावनासँग जोडिएको विषय हो। त्यसैले हामीले निर्माणको गुणस्तरसँगै ग्राहकको अनुभवलाई पनि प्राथमिकता दिनुपर्छ।
महिला नेतृत्वमा रहेको संस्थाका रूपमा हामी प्रत्येक प्रोजेक्ट र त्यसका विवरणलाई गम्भीरतापूर्वक हेर्छौं ग्राहकसँगको निरन्तर संवाद, समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता र निर्माणपछिको सेवाले हाम्रो सम्बन्धलाई बलियो बनाएको छ।
हाम्रो लक्ष्य केवल भवन निर्माण गरेर हस्तान्तरण गर्नु होइन। ग्राहकलाई राम्रो सेवा दिनु, गुणस्तरीय काम गर्नु र दीर्घकालीन विश्वास कायम गर्नु हो। बिल्ड कन्स्ट्रक्सन सर्भिसेसलाई यही आधारमा अझ व्यवस्थित र सुदृढ रूपमा अघि बढाउने हाम्रो योजना छ।
पूरा भिडियाे हेर्न र सुन्न
















प्रतिक्रिया दिनुहोस्