images images
images images
images

उद्योग मन्त्री भण्डारीसँग पाकिस्तानका राजदूत हश्मीको शिष्टाचार भेट

images
images
images

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हश्मीले सिंहदरबारमा शिष्टाचार भेटघाट गरेका छन् । भेटघाटका क्रममा मन्त्ती भण्डारी नेपाल र पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सौहाद्र्रपूर्ण सम्बन्ध रहँदै आएको चर्चा गरे ।

यसै क्रममा मन्त्री भण्डारीले द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि भन्सार सहजीकरण, लजिस्टिक व्यवस्थापन र पारवहन सुविधाको विविधीकरणमा संयुक्त सहकार्य गर्न आवश्यक रहेको कुरा व्यक्त गरे ।

images
images

साथै सीटीसी चियाको पाकिस्तानमा पुनः निर्यात सुरु भएकोमा खुशी व्यक्त गर्दै व्यापार प्रक्रियालाई थप सहज बनाउन गुणस्तर मापदण्डहरूको पारस्परिक मान्यताको आवश्यकता रहेको उल्लेख गरे । उनले नेपाली निर्यात कर्ताहरूले पाकिस्तानमा वस्तुहरू निर्यात गर्ने क्रममा देखिएका समस्याहरू समाधान गर्न र निर्यात प्रक्रियालाई सहज बनाउने कार्यमा आवश्यक पहल गर्न राजदूत हश्मीलाई विशेष आग्रह गरे।

भेटघाटका क्रममा मन्त्री भण्डारीले नेपालको विभिन्न क्षेत्रमा पाकिस्तानी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्दै नेपालले लगानीमैत्री वातावरण निर्माणमा गरेका प्रयासबारे जानकारी गराए ।

राजदूत हश्मीले नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई थप सुदृढ बनाउन कूटनीतिक, आर्थिक, सामाजिक सुधारर सांस्कृतिक सहकार्यलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले व्यापार, लगानी, पर्यटन, कनेक्टिभिटी र शिक्षा लगायतका क्षेत्रमा सहकार्य बढाउन उपयुक्त हुने विचार व्यक्त गरे ।

साथै, नेपाल र पाकिस्तानवीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै नेपालबाट चिया, अलैंची र कफी लगायतका वस्तुको आयातको संम्भावना रहेको बताउदै Mt. Everest To Mt. K2 Circuitमार्फत पर्यटन प्रबद्र्धन गर्न सकिने विषय उल्लेख गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्