Advertisement
Advertisement
Corporate Samachar
९ श्रावण २०८३, शनिबार
Advertisement
Advertisement

प्रदेश सरकारले बजेट निकासा गरेपछि गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु

प्रदेश सरकारले बजेट निकासा गरेपछि गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
विज्ञापन
Advertisement

चितवन । रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरुभएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो ।

विज्ञापन
Advertisement
Advertisement

प्रदेश सरकारले नौ करोड रुपैयाँ निकासा गरेपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिए । महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताए । रङ्गशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गर्दै छ ।

ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ। विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गते काम सक्ने गरी कूल ७५ करोड ५० लाख ९१ हजार १८९ मा सम्झौता भएको थियो ।

धुर्मस–सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit