images images images
images images images
images
images
images

कृषि विकास फार्मको ११ बिघा सरकारी जग्गा दुई दशकदेखि अतिक्रमणमा

images

काठमाडौंँ। झापाको  शिवसताक्षी–७ स्थित कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र मातहतको उक्त फार्मले अतिक्रमण हटाउन विभिन्न सरोकारवाला निकाय गुहार्दै आएको छ । तर,अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन । फार्मका कार्यालय प्रमुख एवं वरिष्ठ बाली विकास अधिकृत विनोदकुमार मण्डलका अनुसार सङ्घीय सरकार मातहत रहेर खाद्यान्न, दलहन तथा तेलहन बालीको स्रोत बीउ उत्पादन गर्दै आएको फार्मको ५२ हेक्टर ९८४ बिघा० जग्गा रहेको विसं २०५४ मा प्रकाशित राजपत्रमा उल्लेख छ ।
“राजपत्रमा ५२ हेक्टर जग्गा भएको स्पष्ट उल्लेख छ । तर अहिले ३४ हेक्टर क्षेत्रफलभन्दा बढी फार्मले भोगचलन गर्न पाइरहेको छैन । बाँकी रहेको अधिकांश जग्गा अतिक्रमणमा परेको छ,”मण्डलले बताए । स्थानीय सधियार र सुकुम्बासी गरी ७० परिवारले जग्गा अतिक्रमण गरेको फार्मले जिल्ला प्रशासन कार्यालय झापालाई हरेक वर्ष पठाउने गरेको जग्गाको विवरणमा उल्लेख छ । जग्गा अतिक्रमणमा संलग्न ८० प्रतिशत परिवार सुकुम्बासी नरहेको फार्मले दाबी गरेको छ । फार्मको पूर्वोत्तर क्षेत्रमा चन्द्रडाँगी बजार रहेको छ । बजारका १८ परिवारले सीमा अतिक्रमण गरी फार्मको १० कठ्ठा जग्गा हडपेका छन् । दक्षिण र उत्तरतर्फ अतिक्रमण गरेर बस्ती नै बसाइएको छ । अतिक्रमित जग्गामा पक्की र काठका घर बनाइएका छन् । फार्मको दक्षिणतर्फ सतासी खोलाको पुल छेउको दुई बिघा जग्गामा नौ परिवार, उत्तर पश्चिमतर्फको खोलापारि ‘ओ’ ब्लकको छ बिघामा छ परिवार, उत्तरतर्फको सुकुम्बासी बस्तीको तीन बिघामा ३७ परिवार र पूर्वतर्फको चन्द्रडाँगी बजार छेउको १० कट्ठा जग्गामा १८ परिवारले अतिक्रमण गरेको फार्मको अभिलेखमा पाइएको छ ।

images
images

फार्मको ३४ हेक्टर जग्गाको मात्र धनीपुर्जा भेटिएको । अरु जग्गाको स्वामित्वसम्बन्धी कागजी प्रमाणहरु सशस्त्र द्वन्द्वकालमा माओबादीको बम विष्फोटनमा नष्ट भएको जानकारी उनले दिए। बाँकी जग्गाको प्रमाण मालपोत र नापीमार्फत खोजी भइरहेको छ । विसं २०३२ सालमा कनकाई सिँचाइआयोजनाको फिल्ड कार्यालय, कर्मचारी आवास र फार्म प्रयोजनका लागि सरकारले ८४ बिघा जग्गा स्थानीय किसानबाट प्राप्ति गरेको थियो । सिँचाइ मन्त्रालयअन्तर्गत रहेको उक्त जग्गामा स्थापित फार्मको सञ्चालनका लागि विसं २०५० मा चन्द्रडाँगी बीउबिजन तथा दुग्ध विकास समिति गठन गरिएको थियो ।

सरकारले विसं २०७५ भदौ ३१ गते समिति विघटन गरी फार्मलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहत ल्याउने निर्णय गर्यो । त्यसपछि फार्मको नाम कृषि विकास फार्म भएको हो ।“विभिन्न समयमा कनकाई नदीमा आएको बाढीका कारण विस्थापित भएका परिवारलाई फार्मको जग्गा र भौतिक संरचनामा अस्थायी आश्रय दिइने गरेको रहेछ”, फार्मका प्रमुख मण्डलले अतिक्रमणको कारण खुलाउँदै भने, “उनीहरु फार्मको जग्गामै बस्न थाले । हट्न मानेनन् ।”
“सरकारी जग्गाको संरक्षण हुनुपर्छ भनेर हरेक वर्ष सरकारका सरोकारवाला निकायमा पत्राचार गर्दै आएका छौँ, हाम्रो एक्लो प्रयासले मात्र सरकारी जग्गा फिर्ता ल्याउन सम्भव देखिँदैन ।”

images
images

प्रतिक्रिया दिनुहोस्