
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सुनको भाउ घटेर आएको छ । मंगलबार सुन तोलामा ९ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १८३५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्