Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

निर्माण व्यवसायी महासंघले स्थगित गर्यो पूर्वघोषित आन्दोलनका सबै कार्यक्रम

निर्माण व्यवसायी महासंघले स्थगित गर्यो पूर्वघोषित आन्दोलनका सबै कार्यक्रम
विज्ञापन
Advertisement

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले पूर्वघोषित आफ्ना चरणबद्ध आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सरकारबाट भुक्तानि नपाएपछि गत माघ २ गते काठमाडौँमा पत्रकार सम्मेलन गरी १४ बुँदे माग पूरा गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको महासंघले आज आफ्ना सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । ‘माघ १६ गते प्रधानमन्त्री केपी शर्मा ओली र महासंघ प्रतिनिधिमण्डलबीच भएको छलफलका क्रममा महासंघका मागहरू सम्बोधन गर्नका लागि प्रधानमन्त्रीले एक कार्यदल गठन गर्न निर्देशन भई सकारात्मक रुपमा उक्त छलफल टुङ्गिएकाले तत्कालका लागि महासंघबाट आन्दोलनका पूर्व घोषित सबै कार्यक्रमहरू स्थगित गरिएको जानकारी गराउँदछौं,’ महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्ना माग सम्बोधन गराउन माघ १५ गतेसम्मको सरकारलाई अल्टिमेटम दिएको महासंघले प्रधानमन्त्री, सम्बन्धित मन्त्री, प्रदेशका मुख्यमन्त्रीलगायत निकायमा ज्ञापनपत्र बुझाएको जनाएको छ । महासंघले आफ्ना माग पूरा नगरे माघ २१ देखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरू ठप्प पार्ने सम्मको चेतावनी सरकारलाई दिएको थियो । त्यसपछि पनि माग पूरा नगरिए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनलाई सशक्त बनाइने बताएको महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार महासंघका प्रतिनिधिसंगको भेटमा कार्यदल गठन गर्न निर्देशन दिएपछि आन्दोलन तत्कालका लागि रोकेको जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit