Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

यातायात कार्यालयले ६ महिनामा संकलन गर्यो २९ करोड बढी राजस्व

यातायात कार्यालयले ६ महिनामा संकलन गर्यो २९ करोड बढी राजस्व
विज्ञापन
Advertisement

काठमाडौँ । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को छ महिनाका अवधिमा २९ करोड एक लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । छ महिनामा सवारी चालक अनुमतिपत्र बितरणबाट १७ करोड ३८ लाख २१ हजार एक सय ४९ रुपैयाँ संकलन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ सवारी दर्ता नविकरण तथा सवारी चालक अनुमतिपत्र बितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा कार्यालयले २९ करोड एक लाख ७५ हजार छ सय ५१ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको छ महिनामा सवारी चालक अनुमतिपत्र बितरणबाट १७ करोड ३८ लाख २१ हजार एक सय ४९, सवारी करबाट चार करोड ५३ लाख ६८ हजार तीन सय ३१, यातायात क्षेत्रको आम्दानीबाट चार करोड ५६ लाख ७० हजार आठ सय ११, सङ्घीयता तर्फ एक करोड ८१ लाख २५ हजार एक सय ८० तथा बेरुजुबाट आठ हजार दुई सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस्तै, चालु आव को सो अबधीमा मोटरसाईकल एक हजार दुई सय ८० वटा, साना सवारी पाँच सय १३ वटा, टेम्पो/ई–रिक्सा तीन सय ३७ वटा, ठूला तथा मझौला सवारी तीन सय २१ वटा र ट्याक्टर पाँच गरी दुई हजार चार सय ५८ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए। प्रमुख श्रेष्ठका अनुसार यस अबधीमा कार्यालयमा नयाँ दुई हजार एक सय ६३ र वर्ग थप एक हजार चार सय ४८ गरी तीन हजार छ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको छ ।

यस्तै सो दुई हजार नौ सय ८४ नविकरण, ४९ वटा प्रतिलिपी र ३९ वटा नविकरण र प्रतिलिपी दिइएको कार्यालयले जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा विभिन्न शिर्षकमा ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit