Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सीएनआई र पीआरआईबीच उद्योग र सेवा क्षेत्रमा नीतिगत विषयमा सहकार्य गर्ने समझदारी

सीएनआई र पीआरआईबीच उद्योग र सेवा क्षेत्रमा नीतिगत विषयमा सहकार्य गर्ने समझदारी
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) बीच नीतिगत विषयमा सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिदै आएको प्रतिष्ठान र उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसंघबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो । आज परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको उपस्थितीमा परिसंघ सचिवालयमा एक कार्यक्रमकाबीच प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा.डा. लेखनाथ शर्मा र परिसंघको तर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले सहमती पत्रमा हस्ताक्षर गरे ।

सो अवसरमा अध्यक्ष अग्रवालले परिसंघले नेपाल सरकारलाई अनुसन्धानमा आधारित रहेर नीतिगत सुझाव दिदै आएकोमा अब प्रतिष्ठानसँगको समझदारीले उक्त कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले प्रतिष्ठान र परिसंघको सहकार्यले सरकारलाई स्पष्ट एवं प्रभावकारी नीतिगत सुझाव दिन सफल हुने र त्यसले समग्र अर्थतन्त्रको विकासलाई सहयोग गर्ने बताए । । सरकारलाई नीतिगत सुझाव दिँदा परिसंघले ‘रिसर्च सेल’को स्थापना गरी अनुसन्धानमा आधारित र तथ्यपूर्ण विवरणलाई महत्व दिँदै आएको छ ।

प्रतिष्ठानका कार्यकारी अध्यक्ष शर्माले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था परिसंघसँगको सहकार्यले विषयगत अनुसन्धानका लागि सहकार्यको संस्कृतिलाई बलियो बनाएको बताए। उनले प्रतिष्ठानले अनुसन्धानमा आधारित रहरै सरकारलाई सुझाव दिँदै आएकाले परिसंघसँगको सहकार्यले यस कार्यलाई थप बलियो एवं प्रभावकारी बनाउने धारणा राखे ।

सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रतिष्ठानका प्रवक्ता डा.दिपक कुमार खड्कालगायत सहभागी थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit