Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भारतको नयाँ दिल्लीमा ११औं अटो ट्रेड डायलग सम्पन्न

विज्ञापन
Advertisement

← Back

विज्ञापन
Advertisement
Advertisement

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

नेपालको सरकारले ग्रीन इनर्जिलाई उच्च प्राथमिकतामा राखेको छ अध्यक्ष करण चौधरी

यही २०२५ को जनवरी २० मा भारतको राजधानी नयाँ दिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफयार्चस (यसआईएयम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा ११ औं अटो ट्रेड डायलग सम्पन्न भएको छ ।

सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानेल छलफलमा पेनेलिष्टका रुपमा ओभरभ्यु अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफनो धारणा राख्दै नेपालको अटोमोवाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे संक्षिप्त जानकारी दिए ।

चौधरीले नेपालको सडक शुरक्षाका सम्बन्धमा भईरहेको प्रयाशबारे पनि बताउनु हुदै नेपाल, सवारी साधनहरुको आयातकर्ताबाट एसेम्बली प्लाण्ट मार्फत उद्योगतर्फ अग्रसर हुदै गएको जानकारी दिए ।

पेनेलिष्टको रुपमा बोल्दै अध्यक्ष चौधरीले नेपालमा आइसी गाडीहरुको आयात घटदै गएको भए पनि नेपालको सरकारले ग्रीन इनर्जिलाई उच्च प्राथमिकतामा राखेको फलस्वरुप नेपालमा विद्युतिय सवारी साधनहरुको आयात हरेक बर्ष बढदै गएको र सोही अनुरुप चार्जिङ्ग स्टेशनहरु पनि क्रमशः थपिदै गएको बताए । यसै क्रममा अध्यक्ष चौधरीले नेपाल अहिले विद्युतिय सवारी साधनहरुको हव बन्दै गएको समेत बताए ।

उक्त ११ औं अटो ट्रेड डायलग कार्यक्रमलाई दक्षिण अफ्रीकाका डेपुटी हाई कमिश्नर सेड्रिक सि क्रोवेली, जर्मनीका फेडरल मिनिष्ट्रीका डिजिटल एण्ड ट्रान्सपोर्ट महानिर्देशक डा. सेभेन हलड्रोन, भारतका लागि ब्राजिली राजदूत एच.इ.केन्नेथ एफ.एच दा नोबे्रगा, मिनिष्ट्रि अफ हेवी इण्डष्ट्रिजका अतिरिक्त सचिव डा. हानिफ कुरेशी, मिनिष्ट्रि अफ कमर्श एण्ड इण्डष्ट्रिका अतिरिक्त सचिव एल सत्या निवासले समेत सम्बोधन गरेका थिए ।

उक्त डायलग कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा व्यापार सझौतामामा एकिकृत लगानी, दोश्रो चरणमा स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव र तेश्रो चरणमा विकसित विश्वव्यापी व्यापारको परिदृष्यमा लचिलोपना विकास गर्ने शीर्षक अन्तर्गत भएको छलफलमा विश्व व्यापार संगठनका प्रतिनिधि लगायत विभिन्न देशबाट आएका प्रतिनिधिहरुले पेनेलिष्टका रुपमा आ—आफनो धारणा राखेका थिए ।

यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भईरहेको भारत मोविलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दर्भमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ । सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, महासचिव सुरेन्द्रकुमार उपे्रती केन्द्रीय कार्य समितिको सदस्य कपिल शिवाकोटी र प्रदीपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit