Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पूर्व–पश्चिम राजमार्गलाई जोड्ने सिरहाको उत्तर दक्षिण ग्रामीण सडकको स्तरोन्नति ९४ प्रतिशत

पूर्व–पश्चिम राजमार्गलाई जोड्ने सिरहाको उत्तर दक्षिण ग्रामीण सडकको स्तरोन्नति ९४ प्रतिशत
विज्ञापन
Advertisement

काठमाडौं ।  कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र ससाना पसल मात्रै देखिने सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ग्रामीण बजारहरुको स्वरुप यतिबेला फेरिएको छ । सडक डिभिजन कार्यालय लहान सिरहाले सिरहा–सप्तरी–उदयपुरको ग्रामीण बस्तीका सडक निर्माणमा तदारुकता देखाएपछि गाउँहरु विकासको मूलधारमा जोडिन थालेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालिएको छ । “पहिला बजार क्षेत्रमा साँघुरो सडक र फुसको छाप्रो, त्यहीभित्र सानासाना व्यवयासी मात्र थियो”, लक्ष्मीपुरपतारी गाउँपालिकाका श्याम यादवले भने, “तर अहिले सडक फराकिलोसँगै बजारमा ठूलठूला पक्की भवन र ठूला पसल खुल्न थालेका छन् ।” कुनैबेला दुर्गम मानिने सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित विद्यापति मार्गअन्तर्गत पर्ने छपरारी–पोखरभिण्डा–खुर्कियाही सडक छेउका बस्ती सुगम क्षेत्र बनेका छन् ।

लक्ष्मीपुर पतारी गाउँपालिकालाई केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रुपमा मानिथ्यो तर अहिले ती क्षेत्रले आफ्नो पुरानो पहिचान फेरेको छ । यतिबेला लक्ष्मीपुर पतारी क्षेत्र मधेस प्रदेशकै पर्यटकीय क्षेत्रका रुपमा विकास हुन थालेको छ । यसको प्रमुख कारण हो पूर्व–पश्चिम राजमार्गसम्म जोडिएको विद्यापति मार्ग सडकको कालोपत्र । पूर्व–पश्चिम राजमार्गलाई जोड्ने उत्तर दक्षिण ग्रामीण ती सडक कालोपत्र भएसँगै लक्ष्मीपुर पतारी क्षेत्रका स्थानीयवासीको अनुहारमा यतिबेला मुस्कान छाएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित छपरारीदेखि भारतीय सिमानाका बहहरीसम्मको उक्त सडक स्तरोन्नतिसँगै सडक डिभिजन कार्यालय लहान सिरहाले सडक कालोपत्र गरेपछि स्थानीयलाई आवतजावतमा सहज मात्रै होइन, हिलो र धुलोबाट मुक्त भएका छन् । “छपरारी बजारदेखि बडहरीसम्मको पुग्न पहिला मोटरसाइकलमा डेढ घण्टासम्म लाग्दथ्यो”, पोखरभिण्डा गाउँका स्थानीय सन्तोष साहले भने, “तर सडक कालोपत्र भएपछि अहिले मुस्किलले १५ मिनेटमै पुगिन्छ ।”

सडक डिभिजन कार्यालय लहानले सिरहा, सप्तरी र उदयपुर जिल्लाका जीर्ण सडकको स्तरोन्नतिसँगै कालोपत्रको कार्य तीव्र रुपमा अघि बढेसँगै दुर्गम मानिएका ग्रामीण क्षेत्र अहिले सुगम क्षेत्र बन्दै गएको छ । सडकहरु निर्माण भएपछि विकासले गति लिनुका साथै हजारौँ युवाले स्थानीयस्तरमै रोजगारीको अवसर प्राप्त गरेका छन् ।

लामो समयदेखि जीर्ण रहेको सो सडक स्तरोन्नतिसँगै कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ । १८ करोड ७४ लाख ९९ हजार नौ रुपैयाँको लागतमा २०७९ असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरेको सिद्धबाबा अम्भुजा जेभी काठमाडौंले सडक स्तरोन्नति तथा कालोपत्रको काम गरिरहेको छ । विसं २०८२ असारसम्ममा उक्त सडकको काम सकिने समयावधि रहे पनि हालसम्म ९४ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीका प्रतिनिधि सबइञ्जिनियर नरेशकुमार मण्डलको भनाइ छ । उनका अनुसार गाउँ क्षेत्रमा १२ मिटर चौडाइ र गाउँ बाहिर १० मिटर चौडाइ सडक स्तरोन्नति गरिहेको छ भने गाउँ क्षेत्रमा नालासमेत निर्माण गरिएको छ ।

निर्माणाधीन विद्यापति मार्गको निर्माण कार्य अन्तिम चरणमा रहेको डिभिजन सडक कार्यालय लहानका प्रमुख डिभिजनल इञ्जिनियर आशुतोष कर्णले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit