Advertisement
Advertisement
Corporate Samachar
२७ भाद्र २०८३, शनिबार
Advertisement

सहारा सहकारी ठगीमा रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता

सहारा सहकारी ठगीमा रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता
File Photo
विज्ञापन
Advertisement

काठमाडौँ । सरकारी वकिलको कार्यालय चितवनले सहारा सहकारी ठगीमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायतलाई प्रतिवादी बनाएर चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सरकारी वकिलको कार्यालयले सोमबार नै अभियोजन पेश गरे पनि मंगलबार मात्र मुद्दा दर्ता गरेको छ । अभियोजन पत्रमा लामिछाने समेतको हस्ताक्षरमा संयुक्त सञ्चालन हुनेगरी खाता खोलेको दिनदेखि नै कानूनी दायित्व शुरू भएको देखिने दाबी गरेको हो ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनी लगायत १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो। प्रहरीको अनुसन्धान प्रतिवेदनमा सहाराको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको उल्लेख छ । लामिछानेसँगै रामबहादुर खनाल, रबिना रिमाल, नवीन अछामी, विशाल तामाङ,कविता तामाङ, दीपक लामा, असरफ अलि सिद्दिकी, भगवती बमजन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला‚ शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो।
रविलाई सहकारी ठगी सम्बन्धमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अरूलाई संगठित अपराध कसुरमा समेत मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

यो मुद्दा दर्तासँगै रविविरुद्ध सहकारी प्रकरणमा कूल ४ वटा जिल्लामा मुद्दा दर्ता भएको छ। यसअघि कास्की, काठमाडौँ र रूपन्देही जिल्लामा दर्ता भएको मुद्दा चलिरहेको छ।
कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा लामिछानेलाई रिहा गरेको थियो। यस्तै, काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँमा र रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा उनलाई रिहा गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit