
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।
कम्पनीले अहिले विदेशमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो । आवेदन दिन चाहनेले सेयरमा माघ २९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
आव २०८०/८१ मा कम्पनीको प्रति सेयर नेटवर्थ १०३.२७ रुपैयाँ रहेको छ । यस्तै आव २०८१/०८२ मा १०९.३१ रुपैयाँ, आव २०८२/०८३ मा १२५.१८ रुपैयाँ, आव २०८३/ ०८४ मा १४५.९३ रुपैयाँ पुग्ने प्रक्षेपण छ कम्पनीको । आव २०८०/८१ मा कम्पनीको प्रति सेयर आम्दानी २.४१ रुपैयाँ रहेको छ । कम्पनीले आव २०८१/ ०८२ मा १५.१८ रुपैयाँ, आव २०८२/ ०८३ मा १५.८१ रुपैयाँ, आव २०८३/ ०८४ मा २०.६५ रुपैयाँ पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
आव २०८०/८१ मा कम्पनीको नाफा ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ । आव २०८३/ ०८४ सम्म पुग्दा १९ करोड ६३ लाख २४ हजार रुपैयाँ नाफा पुग्ने कम्पनीको प्रक्षेपण छ ।
कम्पनीमा हिमालयन लाइफको ११ लाख २५ हजार कित्ता, मेट्रो क्यापिटलको ८ लाख ७२ हजार ५०० कित्ता, किशन लाल दुगडको ३ लाख ५० हजार, केआरएस इन्भेष्टमेन्ट प्रालिको ३ लाख ५० हजार, श्रद्धा अग्रवालको २ लाख २७ हजार ५०० कित्ता, संगीता देवी मोरको २ लाख ८ हजार ५००, अनुपम राठीको १ लाख ७५ हजार कित्ता सेयर रहेको छ । यस्तै, सुमन मोर १ लाख ५२ हजार, बीना मोरको १ लाख ५२ हजार, संजय गोल्छाको १ लाख २५ हजार, समृद्धि एण्ड कम्पनीको १ लाख २५ हजार, वैभव एण्ड कम्पनीको १ लाख २५ हजार कित्ता सेयर स्वामित्व छ । यसैगरी, वैभव एण्ड कम्पनीको १ लाख २५ हजार कित्ता, आरएमसी कन्स्टक्सन एण्ड इन्भेष्टमेन्टको १ लाख, आरएच इन्भेष्टमेन्ट एण्ड डेभलपर्सको १ लाख, इफिसियन्ट हायजिङ एण्ड इन्भेष्टमेन्टको १ लाख, इलाइट हाउजिङ एण्ड इन्भेष्टमेन्टको ६२ हजार ५०० कित्ता र शोभारक न्यौपानेको १ लाख कित्ता सेयर स्वामित्व छ ।
हिमालयन रिइन्स्योरेन्सको सञ्चालकमा शेखर गोल्छा, शाहिल अग्रवाल, अमित मोर, रोहित गुप्ता,राजीव मोर र सुभेच्छा खरेल र सुवास झुनझुनवाला रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्