Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

क्रेस्ट माइक्रो लाइफको सेयर निष्कासन, विदेशमा रहेका नेपालीलाई प्राथमिकता

क्रेस्ट माइक्रो लाइफको सेयर निष्कासन, विदेशमा रहेका नेपालीलाई प्राथमिकता
विज्ञापन
Advertisement

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले अहिले विदेशमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो । आवेदन दिन चाहनेले सेयरमा माघ २९ गतेसम्म आवेदन दिन सक्ने छन् ।

आव २०८०/८१ मा कम्पनीको प्रति सेयर नेटवर्थ १०३.२७ रुपैयाँ रहेको छ । यस्तै आव २०८१/०८२ मा १०९.३१ रुपैयाँ, आव २०८२/०८३ मा १२५.१८ रुपैयाँ, आव २०८३/ ०८४ मा १४५.९३ रुपैयाँ पुग्ने प्रक्षेपण छ कम्पनीको । आव २०८०/८१ मा कम्पनीको प्रति सेयर आम्दानी २.४१ रुपैयाँ रहेको छ । कम्पनीले आव २०८१/ ०८२ मा १५.१८ रुपैयाँ, आव २०८२/ ०८३ मा १५.८१ रुपैयाँ, आव २०८३/ ०८४ मा २०.६५ रुपैयाँ पुर्याउने लक्ष्य राखेको जनाएको छ ।

आव २०८०/८१ मा कम्पनीको नाफा ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ । आव २०८३/ ०८४ सम्म पुग्दा १९ करोड ६३ लाख २४ हजार रुपैयाँ नाफा पुग्ने कम्पनीको प्रक्षेपण छ ।

कम्पनीमा हिमालयन लाइफको ११ लाख २५ हजार कित्ता, मेट्रो क्यापिटलको ८ लाख ७२ हजार ५०० कित्ता, किशन लाल दुगडको ३ लाख ५० हजार, केआरएस इन्भेष्टमेन्ट प्रालिको ३ लाख ५० हजार, श्रद्धा अग्रवालको २ लाख २७ हजार ५०० कित्ता, संगीता देवी मोरको २ लाख ८ हजार ५००, अनुपम राठीको १ लाख ७५ हजार कित्ता सेयर रहेको छ । यस्तै, सुमन मोर १ लाख ५२ हजार, बीना मोरको १ लाख ५२ हजार, संजय गोल्छाको १ लाख २५ हजार, समृद्धि एण्ड कम्पनीको १ लाख २५ हजार, वैभव एण्ड कम्पनीको १ लाख २५ हजार कित्ता सेयर स्वामित्व छ । यसैगरी, वैभव एण्ड कम्पनीको १ लाख २५ हजार कित्ता, आरएमसी कन्स्टक्सन एण्ड इन्भेष्टमेन्टको १ लाख, आरएच इन्भेष्टमेन्ट एण्ड डेभलपर्सको १ लाख, इफिसियन्ट हायजिङ एण्ड इन्भेष्टमेन्टको १ लाख, इलाइट हाउजिङ एण्ड इन्भेष्टमेन्टको ६२ हजार ५०० कित्ता र शोभारक न्यौपानेको १ लाख कित्ता सेयर स्वामित्व छ ।

हिमालयन रिइन्स्योरेन्सको सञ्चालकमा शेखर गोल्छा, शाहिल अग्रवाल, अमित मोर, रोहित गुप्ता,राजीव मोर र सुभेच्छा खरेल र सुवास झुनझुनवाला रहेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit